१८ महिनामा बनाउने गरी ठेक्का लागेकाे पुल ६ महिनामै तयार

काठमाडौं । नेपालमा अधिकांश पूर्वाधार आयोजना समयमै सम्पन्न नहुने रोगबाट ग्रसित छन् । केही आयोजना दशौं पटक म्याद थप्दा समेत सम्पन्न हुन नसकेर रुग्ण अवस्थामा छन् ।

तर, गोरखामा भने एउटा मोटरेबल पुल ठेक्का म्यादभन्दा १ वर्ष अगावै निर्माण सम्पन्न भएको छ । १८ महिनामा निर्माण गर्नुपर्ने पुल ६ महिनामै सम्पन्न भएको छ ।

गोरखाको पालुङटार नगरपालिका-९ सेरास्थित चुक्तीखोला मोटरेबल पुल निर्माणको काम ६ महिनामा नै सम्पन्न भएको हाे ।

पूर्वाधार विकास कार्यालय, गोरखाका अनुसार यो पुल १८ महिना भित्र सम्पन्न गर्ने गरी गत असारमा ठेक्का लगाइएको थियो । यसको ठेक्का अमृत कन्स्ट्रक्सनले ३ करोड ४१ लाख ४२ हजार रुपैयाँमा पाएको छ ।

यो पुलको लम्बाइ २० मिटर र चौडाइ ८.४० मिटर रहेको छ । मोटरेबल पुल निर्माण भएसँगै पालुङटारका स्थानीयले राहत पाएका छन् ।


Back_to_top