८ दिनपछि सार्वजनिक हुँदै केटीएम ड्यूक १२५, यस्तो हुने छ मूल्य

काठमाडौं । अष्ट्रियन मोटरसाइकल निर्माता कम्पनी केटीएमका लागि नेपालको आधिकारीक वितरक केटीएम इन्टरनेशनल ट्रेडिङले नाडा अटो शोमा ड्यूक १२५ सार्वजनिक भएको छ । कम्पनीले ८ दिनपछि सुरु हुने अटो शोमा यो मोटरसाइकलको बिक्री वितरण तथा प्रदर्शनी गर्ने जनाएको हो ।

नेपाली बजारमा यो बाइकको मूल्य करिब ४ लाख ५० हजार रुपैयाँ हुने अनुमान गरिएको छ । 

कम्पनीले केही समय अगाडिमात्रै भारतीय बजारमा आफ्नो नयाँ मोडल ड्युक–१२५ सार्वजनिक गरेको थियो । योसँगै कम्पनीको बिक्री हिस्सामा समेत राम्रो सुधार आएको थियो ।

केटीएम ड्युक १२५ लाई यो सेग्मेन्ट अन्तर्गत सबैभन्दा पावरफुल मोटरसाइकलको रुपमा लिइन्छ । यसमा उपलब्ध १२४.७ सीसी लिक्वीड कुल्ड सिंगल सिलिन्डर इन्जिनले ९ हजार २ सय ५० आरपीएममा १४.५ बीएच पावरका साथै ८ हजार आरपीएममा १२ एनएम टर्क उत्पादन गर्छ । यसको इन्जिनमा ६ स्पीड गियरबक्स लगाइएको छ ।

यो मोटरसाइकलमा एबिएसको विशेषता उपलब्ध छ । यो बिशेषता उपलब्ध केटीएम ड्यूक १२५ सुरक्षित मोटरसाइकल रुपमा लिइन्छ । ड्यूक १२५ यो एबीएस विशेषता समेटिएको पहिलो मोटरसाइकल हो ।

मोटरसाइकलमा केटीएम ड्यूक २०० को स्टाइल दिइएको छ । यसमा उपलब्ध टीएफटी इन्स्ट्रुमेन्ट क्लस्टर, एलइडी हेडल्याम्प, आकर्षक बडिले निक्कै अग्रेशिप लुक दिएको छ ।

साथै, यस मोटरसाइकलमा टीएफटी कलर डिस्प्ले, ब्लू–टुथ स्मार्टफोन इन्टिग्रेसन, फूल–एलईडी हेडल्याम्प, मेटजेलर टायर जस्ता फिचर ड्यूक–१२५ मा उपलब्ध छ । यो मोटरसाइकलको सीटको हाइट ८१८ एमएम रहेको छ । साथै, यसको कुल तौल १४८ किलोग्राम रहेको छ । यो मोटरसाइकलको टपस्पिड क्षमता १२० किलोमिटर प्रतिघन्टा रहेको छ ।  

केटीएम ड्यूक १२५ ले यामाहा एमटी–१५ सँग सिधा प्रतिस्प्रधा गर्ने छ ।

यसका साथै कम्पनीले नाडा अटो शोमा २०० को एबीएस भर्सनसमेत राख्ने जनाएको छ । यो मोटरसाइकलको मूल्य करिब ५ लाख ४० हजार रुपैयाँ पर्ने अनुमान गरिएको छ । 

हाल नेपाली बजारमा यो बाइकको नन् एबीएस मोडलको ४ लाख ९९ हजार ९०० रुपैयाँमा बिक्रीवितरण भैरहेको छ । यसका साथै कम्पनीले अटो शोमा ड्यूक ३९० र ड्यूक आरसी ३९० मोटरसाइकल राख्ने भएको छ । ड्यूक ३९० को मूल्य ८ लाख २९ हजार ९ सय र केटीएम आरसी ३९० को मूल्य ८ लाख ९० हजार ९ सय रुपैयाँ रहेको छ ।

यसका साथै, कम्पनीले नेपाली बजारमा ड्यूक २५०, ५ लाख ८९ हजार ९ सय र आरसी २००, ५ लाख ८४ हजार ९ सय रुपैयाँमा बिक्री गर्दै आएको छ ।


Back_to_top