केटीएम मोटरसाइकल किन्दा राइडिङ ज्याकेट निःशुल्क

काठमाडौं । प्रिमियम मोटरसाइकल ब्राण्ड केटीएमले फेस्टीभ स्कीम सार्वजनिक गरेको छ । कम्पनीले राइडिङ ज्याकेट, एक्सचेन्ज वोनस, फाइनान्स सुविधाहरु सहितको फेस्टिभ स्कीम ल्याएको हो ।

कम्पनीले ल्याएको स्कीममा १५ हजार एक्सचेन्ज बोनस पाउने छन भने, नगदमा मोटरसाइकल किन्ने ग्राहकलाइ केटीएमको राइडिङ ज्याकेट निशुल्क उपलब्ध गराउने भएको हो ।

फाइनान्स सुविधामा केटीएम मोटरसाइकल किन्ने ग्राहकले ५० प्रतिशत डाउन पेमेन्ट गरेर ९.९९ प्रतिशत ब्याजदरमा किन्न सक्नेछन् ।

केटीएम मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी हंशराज हुलाश चन्द एण्ड कम्पनीले तिहारसम्म यो स्कीम लागू हुने बताएको छ ।

केटीएमले हाल नेपाली बजारमा केटीएम २०० ड्यूक, ३९० ड्यूक, २५० ड्यूक, २५० एड्भेन्चर, ३९० एड्भेन्चर, आरसी २०० र आरसी ३९० विक्री गर्दै आएको छ ।


Back_to_top