काठमाडौं । केटीएमले आफ्नो सबैभन्दा सानो साइजको मोटरसाइकलको उत्पादन बन्द गरेको छ । कम्पनीले आफ्नो ड्यूक १२५ मोटरसाइकलको उत्पादन बन्द गरेको हो ।
सबैभन्दा सानो मोटरसाइकल बन्द गरेको केटीएमले नयाँ १६० सीसी सेग्मेन्टमा मोटरसाइकल ल्याउने भएको छ । अहिले बजारमा रहेका १५५ सीसी सेग्मेन्टका यामाहा एमटी १५ र आर १५ भी ४ सँग सिधा प्रतिस्पर्धा गर्न केटीएमले नयाँ मोडल ल्याउन लागेको हो ।
केटीएमले १६० ड्यूक र आरसी १६० गरी दुई भेरियन्टमा मोटरसाइकल ल्याउने छ । यो मोटरसाइकल २०० ड्यूककै डिजाइनमा हुनेछ भने, यसले केटीएमको एग्रेशिभ र पावर लिगेसीलाई साथै जोड्ने छ ।
ड्यूक १६० मोटरसाइकलमा एरोडाइनामिक फियर्ड, ४३ एमएम यूएसडी फर्क, मोनोसक सस्पेन्सन, डबल च्यानल एबीएस, डिजिटल एलसीडी क्लस्टर जस्ता फिचर हुनेछन् ।
कम्पनीले ल्याउने १६० सीसी इन्जिनले २० हर्षपावर र १५ न्यूटन मिटर टर्क जेनेरेट गर्ने अनुमान गरिएको छ । यही सेग्मेन्टमा यामाहाले १८ हर्षपावर जेनेरेट गर्छ ।
केटीएमले नयाँ मोटरसाइकल सन् २०२५ को तेस्रो क्वाटरसम्ममा बजारमा उतार्ने अनुमान गरिएको छ ।


