यस्तो आयो आटोकारको परीक्षणमा क्रेटा ईभीको रेन्ज

काठमाडौं । नेपालमा बिक्री सुरु हुन लागेको हुन्डाई क्रेटा ईभीको बास्तविक रेन्ज अटोकार इन्डियाले परीक्षण गरेको छ । मिडियाले प्रकाशित गरेको रिपोर्ट आनुसार लङ रेन्ज मोडल क्रेटाले सिंगल चार्जमा ४२६ किलोमिटर रेन्ज दिएको हो ।

उसले रिपोर्टमा लेखेको छ, ‘मोडिफाइड इन्डियन ड्राइभ साइकल (एमआईडीसी) का अनुसार लङ रेन्ज क्रेटा ईभीले सिंगल चार्जमा ४७३ किलोमिटर रहेपनि हामीले सहरी क्षेत्र र हाइवेमा यसलाई चलाउँदा ४२६ किलोमिटर रेन्ज पायौं ।’

हुन्डाई क्रेटा ईभीको लङ रेन्ज मोडलमा ५१.४ किलोवाट आवरको ब्याट्री र १२६ किलोवाट आवर पीक पावर भएको मोटर पाउन सकिन्छ ।

डिजाइन, फिचर, रेन्ज र पावरको आधारमा अब्बल देखिएको क्रेटा ईभीको भारतमा लङ रेन्ज मोडल कुल मागको ७५ प्रतिशत रहेको छ । साथै, मूल्यको आधारमा सस्तो रहेको सर्ट रेन्ज मोडलले ३२० देखि ३५० किलोमिटरसम्म रेन्ज पाइन सकिने अटोकारले लेखेको छ । उसले सर्ट रेन्ज मोडल भने परीक्षण नगरेको जनाएको छ ।

एमआईडीसीका अनुसार सर्ट रेन्ज मोडलमा रहेको ४२ किलोवाट आवर क्षमताको एनएमसी ब्याट्रीले ३९० किलोमिटर रेन्ज दिनेछ । सर्ट रेन्ज मोडलसँग १०० किलोवाट पीकपावर भएको मोटर रहनेछ ।


Back_to_top