यस्तो छ केटीएमको ८ मोडलको मूल्य

काठमाडौं । आफ्ना सम्पूर्ण मोडल भारतीय नयाँ प्रदुषण मापदण्ड बीएस ६ मा आधारित मोटरसाइकल ल्याएर विक्री गर्ने पहिलो ब्राण्ड केटीएम हो । केटीएमको आधिकारिक वितरक हंशराज हुलासचन्द एण्ड कम्पनीले २०२१ को सुरुवातदेखि नै सबै मोडल बीएस ६ मा विक्री गर्दै आएको छ ।

केटीएमको विभिन्न ८ मोडलका मोटरसाइकल नेपालमा किन्न पाइन्छ । कम्पनीले दुई मोडल एड्भेन्चर, दुई स्पोर्टस् र ४ मोडल नेकेड स्पोर्टस् डिजाइनमा विक्री गर्दै आएको छ ।

केटीएमले २०० सीसीदेखि ७९० सीसीसम्मका मोटरसाइकल विक्री गर्दै आएको छ । कम्पनीले विक्री गर्ने ७९० ड्युक सबैभन्दा महंगो मोडल हो भने २०० ड्यूक सबैभन्दा कम मूल्यको मोटरसाइकल हो । केटीएमको सबैभन्दा सानो मोटरसाइकल १२५ ड्यूकको भने अघिल्लो वर्षबाटै नेपालमा विक्री बन्द गरिएको थियो ।

केटीएमको सबैभन्दा कम मूल्यको मोटरसाइकल २०० ड्युकको मूल्य ५ लाख ४४ हजार ९०० रुपैयाँ रहेको छ । त्यस्तै २५० ड्युकको मूल्य ७ लाख ४ हजार ९०० र ३९० ड्युकको ९ लाख ९९ हजार ९०० रुपैयाँ रहेको छ ।

त्यसैगरी, २५० एड्भेन्चरको मूल्य ८ लाख १९ हजार ९०० र ३९० एड्भेन्चरको मूल्य १० लाख ८९ हजार ९०० रुपैयाँ रहेको छ । साथै, स्पोर्टस् डिजाइनमा उपलब्ध आरसी २०० को मूल्य ६ लाख ५९ हजार ९०० रुपैयाँ र आरसी ३९० को मूल्य ९ लाख ४४ हजार ९०० रुपैयाँ रहेको छ ।

त्यस्तै केटीएमको सबैभन्दा महंगो मोडल ७९० ड्यूकको मूल्य २३ लाख ९९ हजार रुपैयाँ रहको छ ।


Back_to_top