भृकुटीमण्डपमा पुराना मोटरसाइकल साट्ने आज अन्तिम दिन

काठमाडौं । नेपालको लागि टिभिएस टू ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्सले गत बिहिवारबाट सुरु गरेको ग्राण्ड एक्सचेन्ज मेलाको आज अन्तिम दिन रहेको छ ।

उक्त मेलामा मोटरसाइकल किन्ने ग्राहकको घुइचो लागेको छ । पछिल्लो समय कोभिडका कारण यस्ता खाले मोटरसाइकल एक्सचेन्ज मेला भएका थिएनन् यस कारण पनि यो मेलामा ग्राहकको भिड लागेको हो ।

टीभीएस ग्राण्ड एक्सचेन्ज मेला गत फाल्गुन १३ गतेबाट सुरु भएर १७ गतेसम्म संचालन हुने भएको थियो भने ग्राहकको माग अनुसार दुइ दिन थप गरिएको थियो ।

यो एक्स्चेन्ज मेलामा ग्राहकले कुनै पनि कम्पनिको मोटरसाइकल वा स्कुटर लिएर गएर त्यसको सट्टामा टिभिएसको नयाँ मोटरसाइकल वा स्कुटर लिएर घर जान सक्ने छन्।

यस एक्सचेन्ज मेला अन्तर्गत ग्राहकले कुनै पनि कम्पनीको पुरानो मोटरसाइकल वा स्कुटरमा बजार मूल्य भन्दा थप १५ हजारसम्म मुल्याङ्कन पाउने छन् भने नयाँ सवारी खरिदमा १२ हजार रुपैयाँसम्मको आकर्षक छुटको समेत व्यवस्था रहेको कम्पनीले जनाएको छ । यसैगरी सुरुवाती १८ महिनासम्म ०५ प्रतिशत व्याजदरको विशेष सुविधासमेत रहेको छ ।

टीभीएसले नेपाली बजारमा आरआर ३१०, आरटीआर १६०, १८०, २००, स्टाइकर, रेडिअन, एनटर्क, जुपिटर, विगो जस्ता मोटरसाइकल तथा स्कुटर विक्री गर्दै आएको छ ।

मोला अबधिमा ग्राहकले टेष्ट ड्राइभ गरेर आर्कषक उपहारका साथै थाइल्याण्ड भ्रमण प्याकेजसमेत जित्न सक्नेछन् ।


Back_to_top