बाहिरियो लीपमोटर ‘डी ९९’ को इन्टेरिय, छन् घुम्ने सिट

काठमाडौं । चिनियाँ स्टार्टअप लीपमोटरले आफ्नो पहिलो मिनिभ्यान ९९ को इन्टेरियर आधिकारिक रूपमा सार्वजनिक गरेको छ । कम्पनीले गत वर्ष आफ्नो १०औं वार्षिकोत्सवमा सार्वजनिक गरेको डी ९९ को अहिले इन्टेरियर विवरण सार्वजनिक गरेको हो ।

अत्याधुनिक एलईएपी ४.० प्राविधिक संरचनामा बनेको डी ९९ प्योर इलेक्ट्रीक र रेन्ज एक्सटेन्ड दुवै भर्सनमा उपलब्ध छ ।

लीपमोटर डी ९९ मा २+२+३ सिटको बनावट रहेको छ । अगाडिको चालक क्याबिन लीपमोटर डी १९ को डिजाइन शैलीलाई निरन्तरता दिएको छ । जसमा ठूलो सेन्टर कन्टोल स्क्रीन, लिक्वीड क्रिस्टल इन्स्ट्रुमेन्टट क्लस्टर र एचयूडी रहेको छ । पछाडिका यात्रुहरूका लागि सिलिङ माउन्टेड इन्टरटेनमेन्ट स्क्रीन राखिएको छ ।

थ्री रो सिट रहेका डी ९९ को अगाडिको सिटको पछाडिको भागलाई पूर्ण रूपमा पछाडि ढल्काएर दोस्रो लहरको सिटहरूसँग मिलाई एउटा ओछ्यान बनाउन सकिन्छ । दोस्रो लहर आफैंमा घुम्ने सिटहरूद्वारा सुसज्जित छ । जसलाई रमणीय दृश्यहरू हेर्नका लागि ९० डिग्री वा तेस्रो लहरतर्फ फर्काएर १८० डिग्रीमा घुमाउन सकिन्छ । जहाँ एउटा गुड्ने बैठक कोठा वा ठलो सेन्टर टेबल बनाउन सकिन्छ ।

तेस्रो लहरका सिटमा हिटिङ र मल्टिपल इलेक्ट्रीक फोल्डिङ सिस्टम छ । यी सिटहरूलाई पूर्ण रूपमा चेप्टो बनाएर सामान राख्ने ठाउँको भुइँमा लुकाउन सकिन्छ । वा पछाडिपट्टि फर्काएर ‘फिसिङ सिट’को बनावट बनाउन सकिन्छ । अगाडिका लहरहरू जस्तै तेस्रो लहरको ब्याकरेस्टले पनि पूर्ण रूपमा ढल्किने सुविधा छ ।

डी ९९ ले लीपमोटरको सिग्नेचर फ्यामिली डिजाइन कायम राखेको छ । यसमा स्प्लीट होडलाइट र पाइ सेप्ड ह्वीलहरू छन् । यसको अगाडि प्रोजेक्सन हेडलाइटहरू र आइएसडी इन्टरएक्टिभ लाइटहरू छन् ।

लीपमोटर डी ९९ को लम्बाइ ५२८० एमएम, चौडाइ १९९५ एमएम र उचाइ १९०० एमएम छ । यसमा ३११० एमएमको ह्वीलबेस दिइएको छ ।

डी ९९ मा डुअल ८७ ९७ एसिस्ड ड्राइभिङ चिप्स छ । जसले १२८० टप्सको कम्प्युटिङ क्षमता प्रदान गर्दछ । डी ९९ प्योर इलेक्ट्रीक र ईआरईभी दुवै भर्सनमा बनेको छ ।

यसको ईआरईभी ८०० भोल्ट हाइ भोल्टेज प्लेटफर्ममा बनेको छ । जसमा ८०.३ किलोवाट आवरको ब्याट्री दिइएको छ । यसले एकपटकको फुलचार्जमा ३५२ किलोमिटरको प्योर इलेक्ट्रीक रेन्ज दिन्छ । यसमा १०० किलोवाट र २०० किलोवाटका दुई वटा मोटर रहेका छन् ।

प्योर ईभी भर्सन १००० भोल्ट आर्किटेक्चरमा बनेको छ । यसमा सीएटीएलक ११५ किलोवाट आवरको ब्याट्रीप्याक छ । जसले एकपटको फुलचार्जमा ७०० किलोमिटर रेन्ज दिन्छ । यसमा १८० किलोवाट र २३० किलोवाटको दुई मोटर अप्सन छ ।

लीपमोटर नेपाली बजारमा सांग्रिला मोटर्सले बिक्री गर्दै आएको छ । नेपालमा लीपमोटर सी १०, बी १० र टी ०३ जस्ता प्योर इलेक्ट्रीक भर्सन बिक्री हुँदै आएको छ ।


Back_to_top