नेपाल आइपुग्यो ४०० किलोमिटर रेन्ज दिने ह्याचव्याक कार

काठमाडौं । नाइमा अटो शोमा प्रदर्शनी गर्ने लक्ष्यसहित एलएस अटोले नयाँ ह्याचव्याक कार नेपाल ल्याएको छ । नेपाल आइपुगेको ह्याचव्याक कारमा ५६ किलोवाट आवरको ब्याट्री दिएर ल्याएको हो ।

कम्पनीले ल्याएको नयाँ ह्याचव्याक कारको साइज, फिचर र टेक्नोलोजीको आधारमा बीवाइडी डल्फिनसँग प्रतिस्पर्धा हुने देखिन्छ ।

एलएस अटोको आधिकारीक वितरक नेक्सन भेन्चरले नयाँ मोडलको इलेक्ट्रीक ह्याचव्याक कार एलईभी-०५ नेपाल आइपुगेको जानकारी दिएको छ । कम्पनीका अनुसार ह्याचव्याक कारसँगै नयाँ अलह्वील ड्राइभ भएको एलईभी एक्स मोडल पनि आएको हो ।

कम्पनीले यी दुबै मोडललाई साउन २१ गतेबाट आयोजना हुने नाइमा मोविलिटी एक्स्पोमा प्रदर्शनी गर्ने जनाएको छ । कम्पनी स्रोतले भन्यो, ‘दुबै नयाँ मोडल मोविलिटी एक्स्पोमा देखाउने छौं ।’

एलईभी एक्स पहिलो बजारमा उपलब्ध एलईभी-०१ को अल ह्वील ड्राइभ मोडल हो । तर, एलईभी-०५ भने विल्कुलै नयाँ ह्याचव्याक कार हो ।

एलएस अटोले नयाँ ह्याचव्याक कारलाई सेग्मेन्टकै सबैभन्दा ठूलो ५६ किलोवाट अवारको व्याट्री दिएर ल्याएको छ । ७० किलोवाटको मोटरमा उपलब्ध कारले सिंगल चार्जमा ४०० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दावी छ ।


Back_to_top