आइतबारदेखि सुजुकीको मनसुन फ्री सर्भिस क्याम्प, स्पेयरमा आकर्षक छुट

काठमाडौं । नेपालको लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता सीजी मोटोकर्पले साउन १८ देखि २० गतेसम्म मनसुन फ्री सर्भिस क्याम्प’को आयोजना गर्ने भएको छ ।

वर्षाका कारण सवारी साधनमा पर्न सम्भावित जोखिमलाई मध्येनजर गर्दै कम्पनीले उक्त क्याम्प आयोजना गर्न लागेको हो ।

यस क्याम्प मार्फत ग्राहकहरूलाई आफ्ना गाडीको निःशुल्क जाँच, विशेष छुटसहितको मर्मत सेवा र विशेषज्ञद्वारा सल्लाह पनि उपलब्ध गराइनेछ।

सर्भिस क्याम्प अवधिभर सुजुकीका ग्राहकले आफ्नो गाडीको सर्भिसमा आकर्षक छुट पाउने छन् । सर्भिस क्याम्पमा ग्राहकले निःशुल्क एसी/ हिटर चेक, ब्याट्री चेक र ओभरअल चेकअपको सुविधा पाउने छन् ।

त्यसैगरी, एसडीटी डायग्नोसिस र ह्विल एलाइनमेन्टमा ५० प्रतिशतसम्म, लेबर चार्जमा २० प्रतिशतसम्म र स्पेयर पार्टस तथा इन्जिन आयलमा १० प्रतिशतसम्म छुट पाउने कम्पनीले जनाएको छ ।

सुजुकीको मनसुन फ्री सर्भिस क्याम्प’ नेपालभरका सबै सुजुकी सर्भिस सेन्टरमा संचालन हुनेछ । कम्पनीको देशभर ५४ सर्भिस आउटलेट छन् ।


Back_to_top