काठमाडौं । नेदरल्याण्डको ईभी स्टार्टअप कम्पनीले लाइटएयरले सोलारबाट चार्ज हुने नयाँ ईभी उत्पादन गर्ने घोषणा गरेको छ ।
लाइटएयर जिरो मोडलमा सोलार पावरबाट हुने रिचार्जबाट मात्रै प्रतिदिन ७० किलोमिटरको चार्ज थप गर्ने सकिने जनाएको छ । यसको अर्थ सोलार पावरवाट प्रतिवर्ष ११ हजार किलोमिटरको ड्राइभिङ रेन्ज प्राप्त गर्न सकिने कम्पनीले दाबी गरेको छ ।
कम्पनीका अनुसार दैनिक ३५ किलोमिटरका दरले कार चलाउँदा ठाउँ अनुसार २ महिनादेखि ७ महिनासम्म कार रिचार्ज गर्नु पर्दैन । कम घाम लाग्ने नेदरल्याण्ड जस्ता देशमा यो कार चलाउँदा २ महिनासम्म विद्युतबाट चार्ज गर्नु पर्दैन भने पोर्चुगल जस्तो धेरै घाम लाग्ने देशमा ७ महिनासम्म पनि रिचार्ज गर्नुपर्दैन ।
यो कारमा सोलारबाट रिचार्ज हुनका लागि ५ मिटर स्क्वायरको डबलकर्भ सोलार प्यानलहरू जडान भएको छ । यसको सहायताले लाइटएयर जिरोलाई घाममा गुड्दा वा पार्क गर्दा मात्र पनि चार्ज गर्न सकिन्छ ।

सेडान मोडलमा रहेको यो कारमा ६० किलोवाटआवरको ब्याट्री प्याक रहेको छ । यसको रेन्ज डब्ल्यूएलपीटीका अनुसार ६२५ किलोमिटर रहेको छ । साथै सोलार पावरकोसमेत जोड्ने हो भने कुल ६९५ किलोमिटर सम्मको रेन्ज पुग्न सक्दछ ।
यसमा रहेको इलेक्ट्रीक मोटरले १७४ हर्सपावर र १२६९ पाउण्ड फिट टर्क जनेरेट गर्छ । यो कारले जिरोबाट १०० किलोमिटरको स्पीड पुग्नका लागि १० सेकेन्ड लाग्दछ । यसको टप स्पीड १६० किलोमिटर प्रतिघण्टाको रहेको छ । यो स्पीड अन्य ईभीको दाँजोमा कमै भएता पनि सोलार पावर कारको लागि उपर्युक्त नै होला ।

यो कारका प्रयोग भएको सबै मेटेरियल भेगान रहेको छ । माइक्रो फाइबरको अपहोस्ट्रे, प्लान्ट बेस्ड लेदर, रिसाइकल्ड बोटलहरूबाट बनेको फेब्रिक, पाम उडको तथा इन्सुलेटेड प्राक्टिकल फर्मले यो कारलाई पूर्णतया वातावरणमैत्री बनाएको छ ।
यसै वर्षको अन्त्यबाट बुकिङ सुरू हुने लाइट एयर जिरोको ९४६ यूनिट मात्र उत्पादन हुने कम्पनीले जनाएको छ । यो कारको प्रोडक्सन मोडलको मूल्य २ लाख ६३ हजार २६२ डलर तोकिएको छ ।

