काठमाडौं । हाल विश्वमा स्वचालित, इलेक्ट्रीक कार हुँदै फ्लाई कारको निर्माण भैसकेको छ । तर, आजभन्दा ३० वर्ष पहिला निर्माण भएको सबैभन्दा लामो कारको कुरा गर्दा सबैलाई अचम्म लाग्नसक्छ ।
सन् १९९० को दशकमा डिजाइन गरिएको २६ वटा पाङ्ग्राको सहायताले चल्ने यो कारमा हेलिप्याडदेखि स्वीमिङ पुलसम्मका सुविधा थिए । सबैभन्दा लामो कारका रुपमा रहेको लिमोजिनलाई ‘अमेरिकन ड्रीम’ नामले पनि चिनिने गरिन्छ ।
यस कारमा स्वीमिङ पुल, मिनी किचन, बाथरुम, बेडरुम तथा हेलिप्याड पनि रहेको थियो ।
यो कार यति धेरै लामो रहेको थियो कि, यदि कसैले यो कारभित्र एक चक्कर लगाउँछ भने उसको बिहानको मर्निङ वाक नै पूरा हुन्थ्यो । यस कारको लम्बाई १०० मिटर रहेको थियो, कारमा अगाडि र पछाडि गरेर दुईवटा क्याबिन रहेका थिए ।
विश्वको सबैभन्दा लामो कारका रुपमा यसको नाम गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ता भइसकेको थियो । उक्त कारलाई पुनः नयाँ रुप दिइने बताइएको छ ।
यो कार अमेरिकाको क्यालिफोर्नियामा इञ्जिनियर ओहरवर्गले सन् १९८६ मा डिजाइन गरेका थिए । यस कारमा स्वीमिङ पुल, मिनी किचन, बाथरुम, बेडरुम तथा हेलिप्याड पनि रहेको थियो । कारमा घाम ताप्नका लागि सन डेस्कको पनि व्यवस्था गरिएको थियो ।
कारमा आधुनिक विलासी सरसामानले सजिसजाउ भए पनि कारको उचित हेरचाह हुन नसकेका कारण त्यसको अवस्था बिग्रिएको थियो । उक्त कार लामो समयदेखि न्यू जर्सीको एउटा गोदाममा सडेर रहेको छ ।
हाल यसको झ्याल र छत टुटिसकेको छ । यस कारमाथि थुप्रै हलिउड फिल्मको सुटिङ्गगसमेत भइसकेको छ ।