३० हजार छुटमा लुयान इलेक्ट्रीक स्कुटर

काठमाडौं । लुयान इलेक्ट्रीकले प्रि मनसुन अफर ल्याएको छ । लुयान इलेक्ट्रीक स्कुटरको नेपालका लागि आधिकारीक विक्रेता जिरो इमिसन राइड (एन)ले एस ७० प्रो मोडेलको स्कुटर खरिद गर्न चाहने ग्राहकहरुलाई लक्षित गर्दै यो अफर ल्याएको हो ।

शुक्रबारदेखि सुरु भएको सो अफर जेठ मसान्तसम्म सञ्चालन रहने कम्पनीले बताएको छ ।

यो अफर अन्तर्गत लुयानको एस ७० प्रो इलेक्ट्रीक स्कुटरको खरिदमा ३० हजार छुट सहित अन्य सुविधाहरु समेत प्राप्त गर्न सकिने छ । हरेक स्कुटरको खरिदमा ग्राहकले प्रिमियम हेलमेट, रेनकोट तथा बाइक कभर निशुल्क पाउने छन् ।

लुयान ब्राण्डका हरेक स्कुटरहरुमा लिक्विड कुल्ड मोटर प्रयोग गरिएको हुन्छ । जसका कारण स्कुटरको तान्ने क्षमतामा वृद्धि हुनुका साथै मोटरको आयु पनि अन्य सामान्य मोटर भन्दा बढी हुन्छ ।

यसका साथै लुयानका स्कुटरहरुमा रन फ्ल्याट टायरको प्रयोग गरिएको हुन्छ । टायर पन्चर भएर त्यसमा हावा कत्ति नभए पनि करिब ४० देखि ५० किलोमिटर सम्म चलाउँदा पनि रिम र टायरमा असर पर्दैन ।

विगत ५ बर्षदेखि ‘जिरो इमिसन राइड (एन)’ ले ‘लुयान’ का स्कुटरहरु नेपालमा आधिकारिक वितरकको रुपमा बिक्रिवितरण तथा बिक्रि पछिको सेवा दिँदै आइरहेका छ ।


Back_to_top