निसान म्याग्नाइट फेसलिफ्ट भोलिबाट बिक्री सुरु हुँदै

काठमाडौं । निसानको म्याग्नाइट फेसलिफ्ट भोलि शुक्रबारबाट आधिकारीक बिक्री सुरु हुने भएको छ । निसानको लागि नेपालको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले नयाँ म्याग्नाइट बिक्री सुरु गर्न लागेको हो ।

नेपाली बजारमा यसअघि सर्बाधिक रुचाइएको सब-फोर मिटर एसयूभीका रुपमा पहिचान बनाएको म्याग्नाइट एसयूभीको अपडेटेड भर्सनमा डिजाइनदेखि सेफ्टी फिचर थप भएर आएको छ ।

सन् २०२१ को सुरुवातबाट नेपालमा पनि बिक्री थालिएको म्याग्नाइट एसयूभी निकै सफल मोडल मानिन्छ । याे नेपाली बजारमा २ हजार २ सय युनिट हाराहारी बिक्री भइसकेको छ ।

पायोनिर मोटोकर्पका प्रबन्ध निर्देशक संदीप कुमार शारडाका अनुसार निसान म्याग्नाइटले नेपाल र अन्तर्राष्ट्रिय दुबै बजारमा नयाँ मापदण्ड स्थापना गरेको छ ।

‘नयाँ म्याग्नाइट फेसलिफ्टको लन्चले हाम्रो उत्कृष्टता प्रतिको गहिरो प्रतिबद्धता झल्काउँछ । यसले हाम्रा ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्ने हाम्रो समर्पणलाई थप मजबुत बनाएको छ । हामी विश्वस्त छौं कि नयाँ म्याग्नाइटले बजारमा निरन्तर प्रभाव पार्नेछ’ उनले भने ।

गतिशील डिजाइन

नयाँ म्याग्नाइटमा लाइटसेवर शैलीका टर्न इन्डिकेटर सहित स्लिक एलइडी हेडल्याम्प दिइएको छ । सेग्मेन्टमै उत्कृष्ट थ्रीडी हनिकम्व प्याट्रन भएको एलइडी टेलल्याम्प र एल आकारको सिग्नेचर डे टाइम रनिङ लाइटले म्याग्नाइटलाई आकर्षक बनाएको छ ।

रिफ्रेस गरिएको डिजाइनमा फ्लोटिङ अफलिफ्टेड स्किड प्लेट, ठूलो ग्रिल, नयाँ ड्यूल टोन १६ इन्च डायमण्ड कट एलोय ह्वील, फंक्सनल रुफ रेल र २०५ एमएम अग्लो ग्राउन्ड क्लिरियन्स दिइएको छ ।

प्रिमियम र लग्जरी इन्टेरियर

फस्ट-इन-क्लास सेग्मेन्ट फिचरले सुसज्जित नयाँ एसयूभीमा अनौठो ३६० डिग्री क्यामेरा दिइएको छ । यसको टप भेरियन्टमा खैरो सुन्तला रंगको लेदरयुक्त ड्यासबोर्ड, लेदरेट सिट, डाेर, पार्किङ ब्रेक लिभर, स्टेरिङ र अगाडिको आर्मरेस्टमा लेदरेट सजावट दिइएको छ ।

पछाडि बस्ने प्यासेन्जरका लागि समेत पर्याप्त स्थान दिइएको एसयूभीमा हाई कमाण्ड ड्राइभिङ पोजिसन, अगाडिको आर्मरेस्ट स्टोरेज र कुल्ड ग्लोभ बक्स जस्ता फिचरले भित्री भागलाई आरामदायी र आकर्षक बनाएको छ ।

उन्नत प्रविधि

नयाँ म्याग्नाइटमा २० भन्दा बढी पहिलो र सेग्मेन्टका उत्कृष्ट सुविधाहरू समावेश गरिएको छ । यसमा हिट गार्ड सहितको प्रिमियम सिट, मेमोरी फङ्सनसहितको मल्टि कलर एम्विएन्ट लाइट र प्लाज्मा क्लस्टर एयर आयनाइजर जस्ता विशेषता पाउन सकिन्छ ।

६० मिटर परबाटै रिमोटको सहायतामा इन्जिन स्टार्ट गर्न सकिने नयाँ ग्लोबल स्मार्ट की उपलब्ध यस एसयूभीमा सबैभन्दा ठूलो इलेक्ट्रोनिक बेजल लेस अटो डिमिङ आईआरभीएम दिइएको छ ।

नयाँ म्याग्नाइटमा १७.७८ सेन्टिमिटर लामो डिजिटल क्लस्टर, २०.३२ सेन्टिमिटर लामो फ्लोटिङ टचस्क्रीन पाउन सकिन्छ । वायरलेस एन्ड्रोइड अटो र एप्पल कार प्ले, अर्कामिज थ्रीडी साउन्ड सिस्टम र क्रूज कन्ट्रोल जस्ता फिचर यसमा छन् ।

नयाँ पुस्ताका ग्राहकलाई लक्षित गरी ड्यासक्याम, वायरलेस चार्जर, जेविएल स्पिकर, पडल ल्याम्प र एलइडी स्किड प्लेट जस्ता फिचर समावेश गरिएको छ ।

इन्जिन

यस एसयूभीमा जडान गरिएको नयाँ १.० टर्बो इन्जिन सेग्मेन्टमै शक्तिशाली र उच्च पर्फमेन्सयुक्त दाबी गरिएको छ । प्रति लिटर पेट्रोलको खपतमा २० किलोमिटर माइलेज दिने म्याग्नाइट एसयूभीको इन्जिनले कम गतिमा उच्च टर्क उत्पादन गरी बलियो तिब्रता सुनिश्चित गर्छ ।

निसानको स्पोर्ट्स कार जीटीआरमा जस्तै नयाँ म्याग्नाईटमा जडान गरिएको इन्जिनमा पनि उन्नत ‘मिरर बोर कोटिंग सिलिण्डर ब्लक प्राविधि’ उपलब्ध गराइएको छ । १.० नेचुरल्ली एस्पिरिटेड इन्जिनमा समेत उपलब्ध म्याग्नाइटमा ५ स्पीड गियरवक्स दिइएको छ ।

सेफ्टि फिचर

नयाँ म्याग्नाईटमा स्ट्यान्डर्ड र एक्टिभ गरी कुल ५५ भन्दा बढी सेफ्टि फिचर छन् । यसमा ६ वटा एयरब्याग, भेहिकल डाइनमिक कन्ट्रोल (भिडीसी), ट्रयाक्सन कन्ट्रोल सिस्टम (टिसिएस), हिल स्टार्ट असिस्ट, हाइड्रोलिक ब्रेक एसिस्ट, एबीएस, इबीडी र टायर प्रेशर मोनिटरिङ सिस्टम लगायतका फिचर छन् ।

साथै, थ्री-प्वाइन्ट सीट बेल्ट, सीट बेल्ट रिमाइन्डर, चाइल्ड लक, आइएसओ फिक्स एङ्करेज र रियर पार्किङ सेन्सर सबै भेरियन्टमा छन् । निसानले ६७ प्रतिशत हाई-टेन्सायल स्ट्रेन्थ स्टिल प्रयोग गरेर निर्माण गरेको एसयूभीमा ३ वर्ष वा ३० हजार किलोमिटर वारेन्टी दिइएको छ ।


Back_to_top