लदाखको चिसोमा परिक्षण हुँदै महिन्द्राको नयाँ इलेक्ट्रीक एसयूभी

बीचमा रहेको एसयूभी ई–९ हो ।

काठमाडौं । महिन्द्राले आफ्नो डेडिकेटेड इलेक्ट्रीक प्लेटफर्म ‘इनग्लो’मा उत्पादन गर्न लागेको नयाँ इलेक्ट्रीक एसयूभी ‘ई-९’को परिक्षण चिसो स्थानमा गरिरहेको छ । कम्पनीले लदाखको चिसो मौसममा परिक्षण गरिरहेको तस्बिर बाहिर आएको हो ।

महिन्द्राको नयाँ कुप्पे डिजाइनमा बनिरहेको ‘ई-९’को यरोडाइनामिक प्रोफाइल र स्लोपिङ रुफलाइनले यसलाई पृथक लुक्स दिएको छ ।

महिन्द्राले हालै मात्र एक्सयूभी ई-९को डिजाइन प्याटेन्ट फाइल गरेको थियो । जसमा क्लोज फ्रन्ट प्यानल, स्लीक सी सेपको डीआरएल, फुल वीथको एलइडी लाइटबार, सार्प एलइडी हेडल्याम्प देखिन्छ ।

स्पोर्टी अलोय ह्वील, सर्कूलर फेन्डर, ओआरभीएम इन्ट्रीगेटेड टर्न लाइट, ओआरभीएममा क्यामरा, फ्लस डोर ह्याण्डल रहेको एसयूभीमा सार्कफिन एन्टेना, स्प्लीट एरो रियर स्पोइलर, र्याप अराउण्ड टेलल्याम्प, प्रोमिनेन्ट बम्पर र फेक एयर भेन्ट प्रयोग भएको देखिन्छ ।

महिन्द्रा एक्सयूभी ई-९को ड्यासबोर्डमा वारपार कभर गर्ने तीनवटा स्कृन सेटअप रहने छ । इन्ट्रुमेन्ट क्लस्टर तथा इन्फोटेन्मेन्ट सिस्टमको साथै फ्रन्ट प्यासेन्जरको लागि पनि छुट्टै इन्टरटेन्मेन्ट स्कृन दिइने छ । यसमा नयाँ डिजाइनको स्टेरिङ ह्वील र ग्लास रुफ समेत हुनेछ ।

रियर ह्वील ड्राइभ तथा अलह्वील ड्राइभ अप्सनमा आउने एसयूभीमा ६० देखि ८० किलोवाट आवरको ब्याट्रीप्याक हुनेछ । यसले सिंगल चार्जमा ५०० किलोमिटरसम्म रेन्ज दिने अनुमान गरिएको छ । कम्पनीले यसको टप स्पीड २०० किलोमिटर प्रतिघन्टा हुने जनाएको छ ।


Back_to_top