रेनोको नयाँ इलेक्ट्रीक कारमा १०० किलोवाटको मोटर, रेन्ज ४०० किमी

काठमाडौं । फ्रेन्च कार निर्माता रेनोको ‘अल इलेक्ट्रीक रेनो-५ इटेक’को उत्पादन मोडलको जानकारी बाहिर आएको छ । यसअघि नै फेब्रुअरी २०२४ मा हुने ‘जेनेभा मोटर शो’मा यसलाई सार्वजनिक गर्ने तयारी भएको जानकारी बाहिर आएको थियो । याे कार भाेलि २६ फेब्रुअरीमा सार्वजनिक हुनेछ ।

कम्पनीले सन् २०२१ मा नै रेनो-५ को कन्सेप्ट देखाएको थियो । कन्सेप्ट बाहिर आएसँगै सर्वत्र चर्चा कमाउन उक्त मोडलमा थुप्रै एड्भान्स फिचर रहने छन् । ती सबै फिचरको डिटेल भने बाहिर आएको छैन ।

फास्ट चार्जिङ टाइम, धेरै रेन्ज तथा मोर्डन इन्टेरियर तथा एक्टेरियर डिजाइन भने पक्का रहने देख्न सकिन्छ । रेनो-निसानको सीएमएफ बीईभी प्लेटफर्ममा बनेको यो ईभीको लम्बाई ३९२० एमएम मात्रै छ ।

कम्पनीले यसमा हाइभोल्टेज ५२ किलोवाट आवरको ब्याट्री प्याक दिएको छ । जसलाई फुल चार्जमा ४०० किलोमिटरसम्म चलाउन सकिने छ । कम्पनीले ७० को दशकमा निकै सफलता र चर्चा कमाएको रेनो-५ आइकोनिक नेम प्लेटलाई प्रयोग गरेर ईभी ल्याउन लागेको हो ।

कम्पनीले नयाँ कारलाई ट्रेडिसनल डिजाइन एलिमेन्टमा मोर्डन फिचरहरूको समिश्रण दिएर तयार पारेको हो । रेनो-५ लाई कम्पनीले फ्रेन्च कारको रूपमा प्रस्तुत गर्न लागेको छ । यो ईभीको रियर भ्यू मिररमा फ्रेन्च झण्डा इम्बोस्ड गरिएको छ । साथै रियर लोगोमा, ह्वीलमा तथा साइड ग्रिडमा फाइभ ९५० को सिम्बोल मार्क गरिएको छ ।

रेनोले यसमा १०० किलोवाट क्षमताको मोटर दिएको छ । उक्त मोटर ‘नेक्स्ट जेनेरेशन इलेक्ट्रीकल्ली एक्साइडेड सिङ्क्रोनियोस’ हो । यसको मूल्य सार्वजनिक भएको छैन । अहिलेसम्मको चर्चा अनुसार २५ हजार डलरभन्दा कम मूल्य बजारमा आउन सक्नेछ ।


Back_to_top