महिन्द्रा इन्डियाको साहायक कम्पनी महिन्द्रा टू ह्वीलर यूरोप र महिन्द्रा एण्ड महिन्द्राले प्यूजो मोटसाइकलको सम्पूर्ण सेयर खरिद गरेको छ ।
यसअघि जनवरी २०१५ मा महिन्द्रा टू ह्वीलर यूरोपले ५१ प्रतिशत सेयर किनेर प्यूजोको मोटरसाइकल तथा स्कुटरमा प्रबेश गरेको थियो । महिन्द्रा टू ह्वीलर यूरोप र प्यूजो मोटरसाइकलको पुर्नगठनले २०२० को व्यवसाय बिस्तारलाई मजवुद बनाउने कम्पनीले विश्वास लिएको छ ।
महिन्द्राले प्यूजो टु ह्वीलर्सको सम्पूर्ण सेयर खरिद पश्चात यूरोपको साथै एशियन र अन्य विकासशील बजारमा आफ्नो बजार हिस्सा बिस्तार गर्न सहज हुने आँकलन महिन्द्रा एण्ड महिन्द्राले लिएको छ ।
कम्पनीले आक्रमक रुपमा बजार बिस्तारका लागि २०१९ देखि २०२१ सम्ममा ७ वटा नयाँ उत्पादन बजारमा ल्याउने तयारी गरेको छ । यसै अवसरमा बोल्दै एफइएस अध्यक्ष तथा मेम्वर अफ ग्रुप एक्जुकेटीभ बोर्ड,महिन्द्रा एण्ड महिन्द्राका राजेश जेजुरीकर भने, ‘हामी प्यूजो मोटोसाइकलमा सकारात्मक गति देखिरहेका छौं । यूरोपमा किस्बी सबैभन्दा बढी बिक्री हुने ५० सीसीको सवारी साधन रहेको छ । युरोप र चीनमा प्यूजो मेट्रोपोलिस बलियोहुँदै गइरहेको छ । अर्बन जीटीजडान गरिएको पल्सनले सकारात्मक प्रतिक्रिया पाइरहेको छ, यी सबै घटनाहरू एकै ठाउँमा छन्। हामी पूर्ण रूपमा पीएमटीसीको प्रदर्शन २०२० मा निकै राम्रो हुने देख्छौं ।
यस्तै प्यूजोका भाइस प्रसिडेन्ड जीन फिलिप इम्पाराटोका अनुसार, आफ्ना शेयरधनीहरुले लिएको यो निर्णयले प्यूजो मोटोसाइकललाई टू व्हीलर उद्योगको महत्वपूर्ण विश्वव्यापी ब्रान्डको विशेषज्ञताबाट फाइदा लिने सुनिश्चित गर्छ ।

