काठमाडौं । भारतीय अटोमोवाइल ब्राण्ड महिन्द्राले बर्न इलेक्ट्रीक प्लेटफर्ममा विद्युतीय एसयूभी देखाएसँगै ईभीको छुट्टै प्लान्ट र ब्याट्री एसेम्बल प्लान्ट पनि देखाएको छ । भारतको महाराष्ट्रमा रहेको नयाँ प्लान्ट २.८३ स्क्वायर किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।
यसअघि नै महिन्द्राले ईभीको उत्पादन र विकासको लागि सन् २०२२ देखि २०२७ सम्ममा १६ हजार करोड भारतीय रुपैयाँ लगानी गर्ने घोषणा गरेको थियो । त्यसकै एउटा हिस्साको रुपमा ८८ हजार स्क्वायर मिटर क्षेत्रफलमा फैलिएको प्लान्ट तयार भएको हो ।
कम्पनीले बनाएको डेडिकेटेड ईभी प्लान्टमा बीइ-सिक्स र एक्सइभी-नाइन ई मोडलको उत्पादन थाल्नेछ । साथै, कम्पनीले ल्याउने अन्य वर्न इलेक्ट्रीक मोडलहरु यही उत्पादन हुनेछ । कम्पनीले प्लान्टमा १ हजार रोबोर्टसहित हाइली अटोमेटेड म्यानुफ्याक्चरिङ इको सिस्टम तयार गरेको छ ।
एआई पावर बडी सपमा ५०० रोबर्ट सहितको रोबोर्टीक पेन्ट सप समेत बनाइएको छ । यो प्लान्टमा महिन्द्राले ‘इन्टरनेट अफ थिङ्स बेस’ नाम दिएको ‘नर्भ सेन्टर’ समेत बनाएको छ । नर्भ सेन्टरबाट प्लान्टमा भएको कामको सुरुवातदेखि अन्त्यसम्मको प्रक्रियालाई रियल टाइम मै अनुगन गर्न सकिने छ ।
भारतमा ईभी उत्पादन गर्न तयारी अवस्थाको ब्याट्री आयात गर्न पाइदैन । त्यसैले महिन्द्राले फिन ड्रिमले बनाएको ब्लेड ब्याट्रीको सेल आयात गरी ब्याट्री प्याक बनाउन एसेम्बल प्लान्ट लगाएको छ । महिन्द्राले ब्याट्री एसेम्बल प्लान्ट पनि पूर्ण स्वचालित बनाएको छ ।
कम्पनीका अनुसार उक्त प्लान्ट विश्वको उत्कृष्ट मध्येको एक ब्याट्री म्यानुफ्याक्चरिङ प्लान्ट हो । यस प्लान्टमा मोडुल एसेम्बली, प्रोडक्सन, स्टोरेज तथा ब्याट्री ट्रान्फरसम्मको काम हुन्छ । प्लान्ट भित्रै ब्याट्रीको रियल वर्ल्ड टेस्टीङको लागि ‘मल्टीलेयर इन्ड अफ लाइन टेस्टीङ फसीलीटी’ तयार पारिएको छ ।