‘एसयूभी अफ इलेक्ट्रीक स्कुटर’ भनेर चिनिने मोडल भारतमा सार्वजनिक हुँदै

काठमाडौं । ‘एसयूभी अफ इलेक्ट्रीक स्कुटर’ भनेर चिनिने रिभर इलेक्ट्रीक स्कुटर भारतीय बजारमा सार्वजनिक हुने भएको छ । रिभर इनर्जीले उत्पादन गरेको ‘रिभर इन्डेइ’ इलेक्ट्रीक स्कुटर भारतमा हुन गइरहेको भारत मोबिलिटी एक्स्पो २०२५ मा सार्वजनिक हुने भएको हो ।

मस्कुलर बडी डिजाइन भएको यो स्कुटर कम्पनीले पहिलो पटक भारत मोबिलिटी एक्स्पोमा प्रदर्शन गर्ने भएको हो ।

बैंग्लोर वेस स्टार्टअप कम्पनी रिभर इनर्जीले मल्टी पर्पस डिजाइनमा तयार पारेको रिभर स्कुटरमा ६.७ किलोवाट क्षमाताको पावरफुल मोटर उपलब्ध छ । यसमा ४ किलोवाट आवरको ब्याट्री प्रयोग गरिएको छ । यसलाई एक पटक फुल चार्ज गरेर १६१ किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको भनाइ छ । यसको टप स्पीड ९० किलोमिटर प्रतिघन्टा छ ।

रिभर स्कुटरमा तीन राइड मोड इको, राइड र रस मोड उपलब्ध छ । अफरोडका लागि समेत उपयुक्त हुने रिभर स्कुटरमा १४ इन्चको अलोय ह्वील दिइएको छ ।

भारतको केही सहरमा रिभर स्कुटर अहिले बिक्रीमा रहेको भएपनि यसको चर्चा हुन सकेको छैन । कम्पनीले भारत मोबिलिटी एक्स्पो २०२५ मा सहभागिता जनाएर यसलाई ग्लोबल मार्केटमा लैजाने अवसरको रुपमा लिएको छ ।


Back_to_top