यस्तो देखियो एमजीको नयाँ ‘एम-९ एमपीभी’

काठमाडौं । एमजीले आगामी हप्ताबाट सुरु हुने भारत मोविलिटी एक्स्पोमा लग्जरी एमपीभी देखाउने भएको छ । एमजी एम-९ नाम दिएर आउन लागेको एमपीभी ७ सिट क्षमताको हुनेछ ।

एमजीले एम-९ को दोस्रो रोको सिटलाई विशेष बनाएर ल्याउन लागेको छ । रिक्लाइन गर्न सकिने ओटोम्यान सिटमा आठ प्रकारको मसाज फङ्सन उपलब्ध हुनेछ । एमजीले यसमा थ्री जोन क्लाइमेट कन्ट्रोल, सेकेन्ड रोको लागि समेत छुट्टै टचस्कृन प्यानल, भेन्टीलेटेड सिट, ड्यूल सनरुफ, स्लाइडिङ रियर डोर दिएको छ ।

एमजी एम-९ को बडी डिजाइन टिपिकल बक्सी लुक्समा छ । फ्रन्टमा अपराइट नोज, फुल वीथ एलइडी लाइटबार र साइड बम्परमा क्रोम आउट लाइन सहितको हेडल्याम्प दिइएको छ ।

नयाँ एमपीभीमा रियरमा ड्रप डाउन लुकसहितको भर्टिकल टेललाइट र कनेक्टेड टेल लाइटबार समेत उपलब्ध छ ।

चिनियाँ एसएआइसी ग्रुप अन्तर्गतको मेक्सस ब्राण्डमा बनाएको मिफा ९ लाई नै भारतमा एमजीको ब्याचमा देखाउने भएको हो । नेपाली बजारमा यसअघि नै उपलब्ध मिफा-९ नै भारतमा एमजी-९ नामबाट सार्वजनिक हुने भएको हो ।

एमजी-९ एमपीभीमा ९० किलोवाट आवरको ब्याट्री प्याक छ । यसले सिंगल चार्जमा ४३० किलोमिटर रेन्ज दिने डब्लुएलटीपी टेस्टले देखाएको छ ।


Back_to_top