महिन्द्रा कम्पनीले आगामी तीन महिनामा कम्प्याक्ट एसयूबी एस-२०१, एमबीभी यू-३२१ र रि-ब्याग्ड रेक्स्टन एसयूबीसहित तीन मोडल सार्वजनिक गर्ने घोषणा गरेको छ । टाटा मोटर्ससँग तेस्रो पोजिसन गुमाउँदै चौथो पोजिसनमा पुगेको कम्पनीलाई यी ३ मोडलले पुनः बजारमा फर्काउने अनुमान गरिएको छ ।
२०१८ को सुरुवातसँगै सोचेअनुरुप नतिजा हासिल गर्न नसेकेको महिन्द्राले एसक्यूबी ५०० र टीयूबी ३०० को अलबा अन्य नयाँ उत्पादनलाई विशेष जोड दिइरहेको छ । चालु आर्थिक वर्षमा सबैभन्दा बढी आरएनडीमा खर्च गर्ने सूचीमा कम्पनी पहिलो स्थानमा रहेको छ ।
महिन्द्रा एस-२०१
महिन्द्रा एस-२०१ नयाँ कम्प्याक्ट एसयूबी एससाङ्गोङ्ग टिबोली प्लाटफर्ममा आधारित मोडल हो । एलईडी टेल ल्याम्प्सकासाथै न्यू डिजाइनमा आधारित एस-२०१ एग्रेसिव लुकमा निर्माण भएको छ । भारतीय निर्माताहरूले प्रतिस्पर्धात्मक बजारलाई आधार मान्दै एस-२०१ मा अत्याधुनिक विशेषता दिएको अनुमान गरिएको छ ।
यसको इन्टिरियरमा नयाँ स्टेरिङ्ग ह्वील र डबल टोन ड्यासबोर्ड दिइएको छ । साथै, सनरुफ, ड्यूल जोन क्लाइमेट कन्ट्रोल, की लेस इन्ट्री, पुश बटन, एप्पल कार प्ले र एन्ड्रोइड अटो, टचस्क्रिन इन्फोनेन्ट सिस्टमजस्ता आधुनिक विशेषता दिइएको छ ।
एमपीभी यू-३२१
महिन्द्राले एमबीपी सेग्मेन्टको उत्पादनलाई जोड दिँदै यू-३२१ निर्माण गरेका छ । कम्पनीले ३१ जुलाईमा मुम्बईमा आयोजित कार्यक्रम नयाँ मोडल यू–३२१ बारे आधिकारिक धारणा व्यक्त गरेको थियो । यसमा लगाइएको १.६ एल डिजेल इञ्जिनले १२५ एचपी पावर उत्पादन गर्छ भने ३२० एनएम टर्क उत्पादन गर्छ ।
इञ्जिनमा ६ स्पीड म्यानूअल गियरबक्सका साथै अटोमेटिक गियरबक्स दिइएको छ । महिन्द्राले यू-३२१ लाई पेट्रोल भर्जन ल्याउने जनाएको छ । यसमा, इन्फोनेन्ट सिस्टम, क्लाइमेट कन्ट्रोल सिस्टम, लेदर सिटलगायतका विशेषता दिइएको छ ।
एक्स्यूभी ७००
महिन्द्राले नयाँ मोडलकाे एक्स्यूभी ७०० पनि सार्वजनिक गर्ने तयारी अन्तिममा पुर्याएकाे छ । एक्स्यूभी ७००मा २.२ लिटर इञ्जिन दिएको छ, जसले १८१ पीएस पावरकासाथै ४२० एनएम टर्क उत्पादन गर्छ । यसमा म्यानूअलका साथै अटोमेटिक ट्रान्समिसन अप्सन दिइएको छ । रेक्स्टोनमा टचस्क्रिन इन्फोनेन्ट सिस्टम, क्लाइमेट कन्ट्रोल, थ्रिडी सराउन्ड भ्यू मोनिटरिङ्ग, पावर्ड टेल गेट, हेटेड र भेन्टेलीटेड सिट्स, एम्वियन्ट लाइटिनिङ्ग, नापा लेदर सिटलगायतका सुविधा दिइएको छ ।

