महिन्द्रा उदयको मुख्य आर्कषण बन्ला मराजो ? यस्तो छ भारतमा ४ महिनाको बिक्री

काठमाडौं । निकै चर्चामा रहेको महिन्द्राको नयाँ एमपीभी मराजो भारतीय बजारमा पाँच महिना अगाडि सार्वजनिक गरेको थियो । भारतमा निकै चर्चा कमाएको उक्त मोडल नेपाली बजारमा भित्रने भएको छ । 

महिन्द्राको लागि नेपालको आधिकारीक वितरक अग्नी इन्–कर्पोरेटले फागुन १० गतेदेखि १२ गतेसम्म काठमाडौंको भृकुटीमन्डपमा नेपालमै पहिलोपटक बृहत् अटो प्रदर्शनी ‘महिन्द्रा उदय’मा उक्त मोडल सार्वजनिक गर्ने तयारी गरेको हो ।

यसको डिजाइन सार्क माछाबाट प्रेरित भएको र कारको केही भागहरू शिकारी माछाको रुपमा डिजाइन गरिएको कम्पनीको दाबी छ ।

भारतीय बजारमा यस मोडलको व्यापार आक्रामकरुपमा बढिरहेको छ । महिन्द्राले गत अक्टोम्बरमा ३ हजार ८ सय १० युनिट बिक्री गरेको मराजो नोभेम्बरमा ३ हजार ३ सय ८७ युनिट बिक्री गरेको थियो । 

गत डिसेम्बर महिनामा भने ३ हजार २ सय ६ युनिट बिक्री भएकोमा २०१९ जनवरीमा ३ हजार ५ सय ७ युनिट मराजो बिक्री गरेको थियो । यसको बिक्री हरेक महिना ३ हजारभन्दा बढी युनिट भइरहेको छ ।

महिन्द्रा मराजो कम्पनीको अहिलेसम्मको सबैभन्दा ठूलो प्यासेन्जर भेहिकल हो, जसलाई ७ र ८ सिट अप्सनमा बजारमा उपलब्ध गराइएको छ । मराजोका सबै भेरिएन्टमा एबीएस र ईबीडी तथा ब्रेक असिष्ट, दुई एयरब्याग तथा चाइल्ड सिटलगायतका सुरक्षा फिचरहरू दिइएको छ । 

यसको डिजाइन सार्क माछाबाट प्रेरित भएको र कारको केही भागहरू शिकारी माछाको रुपमा डिजाइन गरिएको कम्पनीको दाबी छ ।

मराजो कारको क्याविनको छतमा एयर कन्डिसनिङ्ग भेन्ट सिस्टम जडान गरिएको छ भने कारको सेन्टर कन्सोलमा ठूलो टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम दिइएको छ । कारमा तीन–स्पोक स्टेयरिङ्ग ह्वील पनि जडान गरिएको छ, जुन अडियो, ब्लू–टुथ टेलेफोर्निक र क्रूज कन्ट्रोलको साथमा आउनेछ । 

महिन्द्रा मराजोमा नयाँ १.५ लिटर, ४ सिलिन्डर डिजेल इन्जिन छ । यसले १२१ एचपी पावर र ३०० एनएम–टर्क प्रदान गर्छ । म्यानूअल ट्रान्समिसनको साथमा उपलब्ध रहेको छ । 

नेपाली बजारमा यसको मूल्य कति पर्छ भन्ने अहिलेसम्म हुने भन्ने अहिलेसम्म टुङ्गो लागेको छैन । 

महिन्द्रा उदय अवलाेकन गर्न चाहनेहरूकाे लागि अनलाईन पासको ब्यवस्था गरिएको छ । निःशुल्क पासको लागि यहाँ क्लिक गर्नुस्


Back_to_top