भारतमा दुई लाख युनिट बिक्यो टाटा टियागो, खुसी साट्न बनायो र्‍याप भिडियो

टाटा मोटर्सको नयाँ इम्प्याक डिजाइन फिलोसोफिमा उत्पादन भएको ह्याचव्याक कार टियागोले २ लाख युनिट बिक्रीको रेकर्ड बनाएको छ । सन् २०१६ को अप्रिलमा लन्च भएको टियागोले मात्र २ वर्षको समयमा यो माइलस्टोन पूरा गरेको हो । 

टाटाले सन् २०१७ मा दुईवटा भर्सनमा अटोमेटिक म्यानुअल ट्रान्समिसन सहितको टियागो लन्च गरेको थियो । 

टाटाले सन् २०१८ को अन्त्यमा टियागोको क्रसओभर टाटा एनआरजी लन्च गरेको थियो । टियागोमा टाटाको पूणे, यूके तथा इटालीको डिजाइन स्टुडियोको इन्पुट्स रहेको थियो । 

जसमा अपिलिङ्ग एक्सटेरियर डिजाईन तथा फिचर प्याक क्याविन रहेको छ । यसको क्याविनमा २० वटा युटिलिटी स्पेशहरु रहेको छ ।

 

‘टाटा टियागो ह्याचव्याक सेग्मेन्टको यस्तो कार हो । जुन तेस्रो वर्षमा पनि पोजिटिभ ग्रोथ रजिस्टर गर्न सफल रहेको छ । म टाटा मोटर्सका सम्पूर्ण ग्राहकहरु प्रति कृतज्ञ छु, जसको सहयोगमा यो माइलस्टोन पाउन सफल भयो’ टाटा मोटर्सको प्यासेन्जर भेइकलको बिजनेस हेड मयंक परेकले भने । 

तीन सिलिन्डरको १.०५ लिटरको रेभोटर्क डिजेल तथा १.२ लिटरको रेभोटर्न पेट्रोल दुबै इन्जिन  भेरियन्टमा उपलब्ध टियागोमा सिटी र ईको गरी दुईवटा ड्राइभिङ्ग मोडसमेत रहेको छ । 

कम्पनीले दुई लाख युनिट बिक्री गरेको अवशरमा ‘अपनी ह्याचव्याक’ नामक र्‍याप म्युजिक भिडियोसमेत रिलिज गरेको छ । 


Back_to_top