भारतीय मोटरबाइक तथा स्कुटर निर्माणकर्ता कम्पनी हिरो मोटरकर्पले हिरो स्प्लेन्डर र हिरो ग्ल्यामरमा नयाँ सुरक्षा फिचर थप गरेको छ । कम्पनीले अब आफ्ना १२५ सीसीभन्दा कम क्षमता भएका आफ्ना धेरै बाइकहरुमा आइबीएस ब्रेकिङ सिस्टम थप गर्ने भएको छ ।
हिरो स्प्लेन्डर तथा ग्ल्यामरमा इन्टिग्रेटेड ब्रेकिङ सिस्टम आईबीएस थप गरेको छ । भारतीय बजारमा १२५ सीसीभन्दा माथीका बाइकमा एबिएस अनिवार्य भइसकेको छ । यो फिचर बाइकहरुमा थप भएपछि भारतीय बजारमा ती बाइकहरुको मूल्य सामान्यरुपमा बढ्नेछ ।
आईबीएस फिचर थप भए पश्चात बाइकमा रियर ब्रेक लगाउँदा ब्रेक एक्सनलाई सन्तुलित रुपमा वितरण गर्ने काम गर्छ ।
हिरो मोटोकर्पले स्कुटर सेग्मेन्टमासमेत आइबिएस सुबिधा थप गर्ने तयारी गरेको छ ।

