पावर र लुक्समा परिर्वतनसहित आयो महिन्द्रा ‘एक्सयुभी ५००’, यस्तो छ नेपालमा मूल्य

काठमाडौं । महिन्द्रा पेसेन्जर यूनिटको नेपालको लागि आधिकारीक वितरक अग्नी इन्कर्पाेरेटडले महिन्द्राको बहुचर्चित मोडल ‘महिन्द्रा एक्सयुभी ५००’ को नयाँ भर्सन आज नेपाली बजारमा सार्वजनिक गर्दैछ । 

महिन्द्राले कोरियन कम्पनी साङयोङको ७० प्रतिसत शेयर खरिद गरेपछि सन् २०११ मा पहिलो पटक सार्वजनिक गरेको यो एसयुभी आफ्नो पुरानो लाईनअप भन्दा भिन्न अत्याआधुनिक डिजाइन र टेक्नलोजीसहित सुविधासम्पन भएर आएको थियो । 

‘महिन्द्रा एक्सयुभी ५००’को लन्च पछि महिन्द्राले युरोपियन र जापनीज एसयुभीसँग प्रतिस्पर्धा गर्न सक्षम भएको थियो । यसको पहिलो फेसलिफ्ट सन् २०१५ मा सार्वजनिक भएको थियो । कम्पनीले २०१८ फेसलिफ्ट भर्सन केही दिन अगाडि भारतीय बजारमा सार्वजनिक गरेको थियो । 

इलेक्ट्रीक सनरुफ तथा रियर पार्किङ्ग क्यामरा रहेको यसको हेडल्याम्प र वाईपर अटोमेटिक रहेको छ । 

इन्जिन

यसमा पहिलाको एक्सयुभी ५०० भन्दा फरक सिक्स जनरेसन इलेक्ट्रोनिकल्ली कन्ट्रोल भेरायवल टर्बोचार्ज्ड ४ सिलिन्डरको एमहक १५५ डिजल इन्जिनको प्रयोग गरिएको छ । जसले १५५ बीएचपी पावर र ३६० एनएम टर्क उत्पादन गर्छ । जुन पुरानो भन्दा १५ बीएचपी पावर तथा ३० एनएम टर्क बढी हो । पेट्रोल इन्जिनको पावरमा भने केहि परिवर्तन गरिएको छैन । यसमा सिक्स स्पिडको म्यानुअल तथा अटोमेटिक ट्रासमिसन रहेको छ । 

एक्सटेरियर


यसको एक्सटेरियरमा अगाडिको भागमा धेरै परिर्वतन गर्दै ठूलो ग्रिल दिइएको छ । जसकाे वरिपरि तथा वीचको धेरै भागमा क्रोम लगाइएको छ । ठूलो प्रोजेक्टर हेडल्याम्प दिइएको यो एसयूभीमा सबैभन्दा माथि एलइडी डेटाइम रनिङ्ग लाइट दिइएको छ । 

पहिलाको तुलनामा यसको बम्पर पनि निकै सुधारिएको छ । यसको बम्परको बीचमा ठूलो एयरड्याम र क्रोमसहित दुई साइडमा टियर डक सेपको फगलाईट राखिएको छ । टप भेरिएन्टमा १८ इन्चको डाइमण्डकट एलोय ह्वील दिइएको छ । 

कम्पनीले यसको टेलल्याम्पमा पनि निकै परिवर्तन गरेको छ । पहिलाको एक्सयुभीमा भर्टिकल टेलल्याम्प रहेको थियो भने, यसमा बक्स टाईप टेलल्याम्प दिइएको छ । यसको बम्पर र रुफ स्पोइलरमा पनि परिवर्तन गरिएको छ । 

इन्टेरियर


इन्टेरियरमा कम्पनीले निकै ठूलो परिर्वतन गरेको छ । ड्यासबोर्डमा सफ्ट टच मेलिरीयलको प्रयोग गरिएको छ । जसमा लेदरटाईप फिनिसिङ दिइएको छ । यसको ढोकाको भित्रभाग र स्टेरिङ ह्वीलमा समेत लेदरको प्रयोग गरिएको छ । यी परिर्वतनले क्याविनको फिनिसीङ प्रिमियम देखिएको छ । सिटमा लेदर सिट कभर दिएर ‘एक्सयुभी ५००’लाई निकै लग्जरी बनाउने प्रयास गरिएको छ । 

अन्य फिचर

पुस स्टार्ट वटम सुविधा रहेको यसको सेन्टर कन्सोलमा पियानो ब्ल्याक फिनीसिङ्गसहित ७ इन्चको टचस्किृन इन्फोटेन्मेन्ट सिस्टम दिइएको छ, जसले जीपीएस, अडियो भिडियो, युएसबी र व्लुतुथलगायत सपोर्ट गर्ने छ । 

इलेक्ट्रीक सनरुफ तथा रियर पार्किङ्ग क्यामरा रहेको यसको हेडल्याम्प र वाईपर अटोमेटिक रहेको छ । यसमा राखिएको इन्फोटेन्मेन्ट सिस्टममा एन्ड्रोइड अटो तथा इकोसेन्ससमेत सपोर्ट गर्छ । 

मूल्य

नेपाली बजारमा नयाँ भर्सनको ‘एक्सयुभी ५००’ को मूल्य ६१ लाख ८० हजारदेखि ९० लाखसम्म रहेको कम्पनीले जनाएको छ । 

नेपाली बजारमा यसको प्रतिस्पर्धा हुन्डाई क्रेटा, जीप कम्पास, टाटा जेटासँग हुने अनुमान गरिएको छ । 


Back_to_top