काठमाडौं । ल्हेन्दे खोलमा भीषण बाढी आउँदा रसुवागढी भन्सारमा ठूलो क्षति पुगेको छ ।
बुधबार बिहान करिब ९ बजेतिर अचानक तिब्बततर्फबाट आएको बाढीले रसुवा भन्सार यार्ड, टिमेर क्षेत्रमा ठूलो क्षति पुर्याएको हो ।
साथै, बाढीले नदी किनाराका दर्जनौं बस्तीमा क्षति पुर्याएको छ । बाढीले रसुवागढी भन्सार यार्डमा राखिएका गाडी र अन्य सामग्री बगाएको बताइएको छ ।त्रिशूली नदीमा माथिका धेरै पुलहरु पनि बगाएको खबर आएको छ ।
यद्यपि, क्षतिको एकीन विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।
भीषण बाढी आएसँगै राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सूचना जारी गर्दै तटीय क्षेत्रका बासिन्दालाई शतर्कता अपनाई सुरक्षित स्थानमा बस्न अनुरोध गरेको छ ।
भोटेकोशी नदीमा पानीको वहाव उच्च रहेकोले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका बासिन्दालाई अलर्ट गरिएको छ ।


