रसुवा बाढीका कारण चार जिल्लामा जाने सवारी रोकियो

काठमाडौं । रसुवाको ल्हेन्दे खोलामा आएको भीषण बाढीका कारण काठमाडौंबाट चार जिल्ला जाने सवारी साधनलाई रोकिएको छ ।

ट्राफिक प्रहरीले काठमाडौंबाट रसुवा, नुवाकोट, धादिङ र चितवन जाने सवारीसाधान रोकेको हो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीले बाढीलाई मध्येनजर गर्दै चार जिल्लामा जाने सवारीलाई काठमाडौंमै रोकिएको बताए ।

नदीमा ठूलो बाढी आएकाले सावधानी अपनाइएको उनको भनाइ छ ।


Back_to_top