मारुति इटिगा एमपीभी अब अटोमेटिकमा आउँदै

काठमाडौं । मारुतिले आफ्नो ७ सिटर कार इटिगालाई अटोमेटिक गियरमा ल्याउने भएको छ । यस कारलाई टेष्टिङको समयमा भेटिएको भारतीय मिडियाले जनाएका छन् । अहिले उक्त कारको फोटो सामाजिक संजालमा फैलिएको छ । इटिगाको एमपीभी मोडल केही समय अगाडि इन्डोनेसियामा लञ्च भइसकेको छ ।

यस कारमा तीन मल्टिफङ्सनल स्टेरिङ ह्वील, टचस्कृन इन्फोटेन्टमेन्ट सिस्टम दिइएको छ । अटोमेटिक क्लाईमेट कन्ट्रोल, पुस बटम, ठूलो ग्रिल, हेडल्याम्प क्लस्टरको साथै प्रोजेक्टर लाईट र एलइडी लाईट दिइएको छ ।

यस अटोमेटिक भर्सनको कारमा भित्री सारसज्जामा केही परिर्वतन गरिएको छ । यसको मूल्य पुरानो इटिगा एलएक्सआईको तुलनामा ५० हजार भारु महंगो हुने अनुमान गरिएको छ । १७.५ किलोमिटर प्रतिलिटर माइलेज दिने पुरानो कारको तुलनामा यसले केहि कम माइलेज दिने अनुमान गरिएको छ ।


Back_to_top