काठमाडौं । भारतमा मारुती इन्डिया र सुजुकी जापानको संयूक्त लगानीमा ३६ वर्ष अगाडिबाट उत्पादन सुरु भएको कम्पनीले एउटै मोडल ४० लाख यूनिट भारतमा मात्रै बिक्री भएको नयाँ रेकर्ड बनाउन सफल भएको छ । मारुती सुजुकी अल्टो ८०० को बिक्री भारतमा ४० लाख यूनिट पुरा भएको हो ।
यसलाई भारतीय बजारमा सबैभन्दा मन पराइएको कार मान्ने गरिन्छ । पहिलो कार किन्ने भारतीय मध्य ७६ प्रतिशतले अल्टो छनोट गर्ने गरेको यसअघिको विभिन्न तथ्यांकले देखाएको थियो । कम्पनीले अल्टोमा समय सापेक्ष परिमार्जन गर्दै ल्याइरहेको छ ।
यसलाई कम्पनीले सुरुमा सन् २००० मा भारतीय बजारमा सार्वजनिक गरेको थियो । कम्पनीले १० लाख यूनिट अल्टो बिक्री गर्न ८ वर्ष कुर्नु परेको थियो । त्यसपछिको ४ वर्षमा नै अल्टो अर्को १० लाख यूनिट बिक्री भएको कम्पनीले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । त्यसपछि अर्को ४ वर्षमा १० लाख र पछिल्लो ४ वर्षमा १० लाख यूनिटको बिक्री आँकडासँगै अल्टोको बिक्री ४० लाख यूनिट पुगेको हो ।
निरन्तर एउटै रफ्तारमा बिक्री वितरण हुँदै आएको यो मोडलले भारतमा नयाँ इतिहास बनाएको कम्पनीले जनाएको छ । नेपालमा पनि अल्टोको बिक्री निकै उत्कृष्ट रहेको छ । तर, नेपालमा निजी सवारीसाधनको तुलनामा ट्याक्सीको रुपमा यसको व्यापक प्रयोग हुँदै आएकाे छ ।
यस्तो नेपालमा अफर
सुजुकी कारको आधिकारीक बिक्रेता सिजी मोटोकर्पले कोभिड १९ को संक्रमणपछि ग्राहकलाई गाडी किन्न प्रेरित गर्ने उद्देश्यले ३ लाख ७८ हजार ८०० रुपैयाँ डाउन पेमेन्टमा गाडी दिने योजना अगाडि ल्याएको छ ।
कम्पनीले सुरुवाति पहिलो वर्ष मासिक १३ हजार ९१३ रुपैयाँ किस्ताको अफरसमेत गरेको छ । कम्पनीका अनुसार अल्टो किन्न चाहने ग्राहकले ९० हजार नगद छुट र एक वर्षको बीमा सुविधा पाउने छन् । कम्पनीले ल्याएको अफरमा २० प्रतिशत डाउन पेमेन्ट गरे पुग्छ भने बाँकी रकम क्रमिक रुपमा तिर्ने सुविधा उपलब्ध रहेको छ ।
अल्टो ८०० एसटीडी मोडल कम्पनीले १८ लाख ९९ हजार मूल्य निर्धारण गरेर बिक्री गर्दै आएको छ । अल्टो एलएक्सआईको मूल्य २० लाख ९९ हजार र अल्टो भिएक्सआईको मूल्य २२ लाख ९९ हजार रुपैयाँ रहेको छ ।
अल्टोमा ७९६ सीसी क्षमताको थ्रि सिलिण्डर इन्जिनमा रहेको छ । कम्पनीको इन्ट्री लेभल यो कारले ६००० आरपीएममा ४७ बीएच पावर र ३५०० आरपीएममा ६९ एनएम टर्क प्रदान गर्छ ।
अल्टोको स्टायडर्ड भेरियन्टमा ड्राइभर साइड एयरव्याग, एबीएस, इबीडी, हाईस्पीड अलर्ट र सिटबेल्ट रिमाइन्डर जस्ता फिचर उपलब्ध रहेको छ ।

