अगस्टको बिक्रीमा मारुती सुजुकीको नयाँ रेकर्ड

काठमाडौं । कोरोना संक्रमणको बीच मारुती सुजुकी इन्डियाले आफ्नो बिक्रीमा नयाँ रेकर्ड बनाएको छ । कम्पनीले आज सार्वजनिक गरेको तथ्यांकमा भारतीय बजारमा अगस्ट २०२० मा कम्पनीले १ लाख २४ हजार ६२४ यूनिट कार डिलरकोमा पठाएको उल्लेख छ । यसलाई पूर्णत बिक्री भने मान्न सकिदैन ।

यो बिक्री जुलाई महिनाको तुलनामा १७.१ प्रतिशत हो भने सन् २०१९ को अगस्ट महिनाको तुलनामा १५.३ प्रतिशतले बढी हो । नजिकीदै गरेको चाडपर्वको कारण पनि भारतमा कारको माग बढ्दै गएको छ ।

सुजुकीले सार्वजनिक गरेको तथ्यांकमा ७ हजार ९२० यूनिट कार भारतबाहिर निर्यात गरेको उल्लेख छ । कम्पनीले अल्टो र एसप्रेसोको बिक्रीमा ९५ प्रतिशतले बढोत्तरी भएको जनाएको छ । त्यस्तै वागेनआर, स्वीफ्ट, बलेनो इग्नीस र डिजायरको बिक्री १४ प्रतिशतले बढेको जनाएको छ ।

एसक्रस, भिटारा ब्रेजा, एक्सएल६, आर्टिगाको बिक्रीमा पनि वृद्धि भएको छ भने, सियाजको बिक्री पहिलेको तुलनामा घटेको उल्लेख छ ।


Back_to_top