मारुती सुजुकीले नयाँ मिनि एसयूभी ल्याउने भएको छ । उक्त कारले अल्टोलाई प्रतिस्थापित गर्ने अनुमान गरिएको छ । कम्पनीले नयाँ कारको नाम एस–प्रेसो राख्ने भएको हो ।
यो कारलाई स्मल एसयूभीको क्रसओभरको रुपमा लिइएको छ । प्यासेन्जर कारमा भारतमा ५० प्रतिशत बजार हिस्सा ओगटेको मारुती सुजुकीले यो कार २०१८ को अटो एक्सपोमा कन्सेप्टको रुपमा प्रदर्शन गरेको थियो ।
मारुतीले २०१८ मा सार्वजनिक गरेको फ्युचर एस–कन्सेप्ट अन्तर्गतको माइक्रो एसयूभीले लोकप्रिय ह्याचब्याक कार अल्टोलाई विस्थापित गर्ने कम्पनीले जनाएको छ ।
एस–प्रेसो वास्तविक एसयूभी भने होइन । रेनोको स्वीड सफल भएको देखेपछि मारुती माइक्रो एसयूभी तर्फ आकर्षित भएर निर्माण गरेको कार हो । रेनो क्वीडले मारुती अल्टोलाई केहीहदसम्म धक्का दिएको थियो ।
हाल मारुती सुजुकी एस–प्रेसो परिक्षणको क्रममा रहेको छ । यो कारको डिजाइन सुजुकीको सहयोगमा मारुती सुजुकीको आरएन्डडी डिपार्टमेन्टले गरेको हो । यो कारमा बीएस–६ इन्जिन र मेन्डेटोरी सुरक्षा विशेषता सहित आउनेछ ।
मारुती सुजुकी एस–प्रेसोमा १.० लिटर इन्जिन रहेन छ, जसले ६ हजार आरपीएममा ६८ पीएस पावर र ३५ सय आरपीएममा ९० एनएम टर्क दिन्छ । रेनो क्वीड र ड्याटसन गोसँग प्रतिस्पर्धा गर्ने यो कारमा ५ स्पीड म्यानुअल र अटोमेटिक ट्रान्समिसनमा आउने छ ।

