स्विफ्टको एक्स्चेन्ज मेला भोलिबाट, ११.९९% ब्याजमा फाइनान्स सुविधा

काठमाडौं । मारुती सुजुकी स्विफ्टको एक्स्चेन्ज मेला भोली आइतबारबाट हुने भएको छ । 

मारुती सुजुकीको नेपालको लागि आधिकारीक बिक्रेता सिजी मोटोकर्पले स्विफ्टको एक्स्चेन्ज मेला आयोजना गर्ने भएको हो । 

यही असार १३ गते आइतबार देखि १५ गते मंगलवारसम्म चल्ने यस एक्स्चेन्ज मेलामा कुनैपनि ब्रान्डको सवारीसाधन ल्याएर मारुती सुजुकीको स्विफ्टसँग एक्स्चेन्ज गर्न सकिने छ । 

कम्पनीले यस एक्स्चेन्ज मेलामा सिजी फाइनान्सबाट ११.९९ प्रतिशत ब्याजदरमा फाइनान्स सुविधासमेत उपलब्ध गराउने जनाएको छ । 

अन्य डिटेल फिचरको लागि यहाँ क्लिक गर्नुहोला । 

एक्सचेन्ज बोनसको रुपमा ग्राहकलाई ४० हजारको बोनस दिन लागेको कम्पनीले जानकारी दिएको छ । उक्त एक्स्चेन्ज अफर कम्पनीको सबै डिलरहरुमा संचालन हुने कम्पनीले जनाएको छ । 

कस्तो छ स्विफ्ट

१२०० सीसी केसीरीज भीभीटी पेट्रोल इन्जिन दिइएको यो कारले ६००० आरपीएममा ८२ बीएचपी पावर तथा ४२०० आरपीएममा ११३ एनएमको टर्क उत्पादन गर्छ । 

यो स्विफ्टको थर्ड जेनरेशन कार हो । सुरुवातमा नै भारतीय बजारमा १ लाख युनिट बिक्री भएको यो कार निकै चर्चित कार हो । 

यसरी लञ्च भयो नेपालमा स्विफ्ट, यस्तो छ मूल्य र विशेषता (भिडियोसहित)

नेपाली बजारमा दुई भेरीयण्ट ‘भी यक्स आई’ र ‘जेड यक्स आई’मा उपलब्ध रहेको यो कार पेट्रोल इन्जिनमा म्यानुअल ट्रासमिसनमा मात्र उपलब्ध रहेको छ ।


Back_to_top