मर्सिडिज बेन्ज जीएलइ एसयुभी आउँदै, बीएमडब्लू एक्स–६ सँग प्रतिस्पर्धा

काठमाडौं । जर्मन प्रिमियम सवारी उत्पादक कम्पनी मर्सिडिज बेन्जको जीएलइ कार एमएल–क्लासको पहिलो कार हो । यही वर्गाको नयाँ मोडलको कार ल्याउने तयारी कम्पनीले गरेको छ । 

उक्त मिडसाइज एसयुभी सेगमेन्टमा राम्रो बिक्री हुने कारको रुपमा रहि सकेको छ । यो कार बीएमडब्लू एक्स६ सँग प्रतिस्पर्धी रहेको छ । मर्सिडिजले गत वर्ष लामो प्रतिक्षा पछि जीएलइको नयाँ जेनेरेशन सार्जजनिक गरेको हो । यो वर्ष त्यसको अर्को संस्करण सार्वजनिक गर्ने भएको छ । 

कम्पनीले नयाँ कार पूर्ण रुपमा आकर्षक डिजाइनमा तयार पारेको छ । यो कार आइकोनिक सी–पिलर डिजाइनमा बन्दै छ । टेल ल्याम्प, स्लिकर एलइडीलाई कम्पनीले निक्कै आकर्षक बनाउन लागेको जनाएको छ । 

पुरानो जीएलइको तुलनामा नयाँ जीएलइ सी–पिलरमा बन्न लागेकाले यो कारमा आमूल परिवर्तन हुने बताइएको छ । र्यापराउन्ड लुकमा मर्सिडिजको एमएल÷जीएलइ एसयुभी ९० को दशकमा निक्कै चर्चित थियो । तर कम्पनीको नयाँ जीएलइमा उक्त विशेषता समावेश हुँदैन । 

मर्सिडिजले हालै सार्वजनिक गरेको सीएलएस र ए–क्लासमा जस्तै विशेषताहरु पनि अब आउने जीएलइमा समेत हुनेछ । नयाँ कारमा के कस्ता विशेषता हुने छन् भन्ने बारे कम्पनीले हालसम्म केही खुलाएको छैन । यद्यपी उक्त कारमा इक्लासमा जस्तै डुअल स्क्रिन, केन्द्रीय कमान्ड सिस्टम लगायत विशेषता भने हुने जनाइएको छ । उत्तः कार ५ सिटर हुने अनुमान गरिएको छ ।


Back_to_top