फक्सवागेनलाई लाग्यो १२७ अर्व जरिवाना, अन्य कम्पनीको छानविन सुरु

काठमाडौं । डिजेल स्क्यान्डलमा दोषी प्रमाणितगर्दै जर्मन अथु्ररिटिले फक्सवागेन कम्पनीलाई १ अर्ब युरो अर्थात १२७ अर्ब नेपाली रुपैयाँ जरीवाना गरेको छ । यो जर्मन अथु्ररिटिले लगाएको अहिलेसम्मको सबैभन्दा ठुलो जरिवाना हो । 

२०१५ मा बाहिर आएको गैरकानुनी सफ्टवयर कान्डमा फसेको फक्सवागेन यस घटनाबाट संसारभर आलोचित हुँदै आएको छ । करिब १ करोड १ लाख कारमा कम्पनीले गैह्रकानुनी सफ्टवयर लगाएको थियो ।  

यसघटनामा आफ्नो गल्ति भएको स्विकार गर्दै कम्पनीले अन्य अदालतमा मुद्दा दायर नगर्ने भएको छ । साथै, उसले लगाइएको जरिवानासमेत बुझाउने जनाएको छ । 

फक्सवागेको डिजल कान्डपछि जर्मन अटो क्षेत्रमा भुकम्प सृजना भएको छ । फक्सवागेनबाट सुरुभएको डिजेल कान्ड उसैको अर्को कम्पनी अडीमा समेत प्रबेश गरेको छ । जर्मन अथु्ररिटिले अडीको चेक आदेश दिएको छ । साथै, यसको संकट डैमलरमा समेत परेको छ । डेमलरको २ लाख ४० हजार कारमा गैरकानुनी एमिशन कन्ट्रोल डिभाइस लगाइएको भन्दै बजारबाट फिर्ता बोलाउन आदेश दिइएको छ । 


Back_to_top