चौथो संस्करणको मेरोअटो मोटर र्‍याली सम्पन्न, अफरोडमा पहिलो अनुभव

काठमाडौं । मेरोअटो डटकमले आयोजना गर्दै आएको मोटर र्‍यालीको चौथो संस्करण सम्पन्न भएको छ । यही वैशाख २१ र २२ गते आयोजना भएको मोटर र्‍याली ललितपुरको कुपण्डोलबाट हेटौंडा हुँदै चितवनसम्म पुगेको थियो ।

नाडाका अध्यक्ष करण चौधरी र नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठले फ्ल्यागअफ गरेर र्‍यालीको उद्घाटन गरेका थिए ।

उक्त र्‍यालीमा ४२ वटा कारमा १२१ जनाले सहभागीता जनाएका थिए । यस वर्षको र्‍याली ईभीमय बनेको थियो ।  र्‍यालीमा आधा बढी ईभी कार थिए ।

मोटर र्‍यालीमा नेपालमा उपलब्ध अधिकांश ठूला ब्राण्डका कारहरू सहभागी थिए । र्‍याली पहिलो पटक अफरोड बाटो छिचोल्दै हेटौँडा पुगेको थियो । फर्पिङ, फाखेल, भीमफेदीहुँदै हेटौँडा निस्केको र्‍याली निकै उत्साहजनक र उल्लासमय रहेको संयोजक उज्वल घिमिरेले बताए ।

‘हामी निकै अफरोड बाटोबाट र्‍याली लिएर गएका थियौं । सबै सहभागीले हिलो, धूलो र अफरोड बाटोमा नयाँ अनुभव लिए । निकै राम्रोसँग र्‍याली सम्पन्न भयो । आगामी दिनमा पनि यस्तो र्‍याली हामी निरन्तर गर्छौं,’ संयोजक घिमिरेले भने ।

र्‍यालीमा सहभागीहरूले नयाँ अनुभव गर्न पाएको सुनाए । उक्त र्‍यालीमा अटोमोबाइल क्षेत्रमा काम गर्ने प्रोफेसनलहरूको साथै, बैंकर, बीमा व्यवसायी, चिकित्सक, अटो व्यवसायी र पत्रकारहरूको सहभागीता थियो ।

एमजी, हुन्डाई र बीवाइडी मुख्य प्रायोजक रहेको र्‍यालीलाई टाटा टियागो ईभी, सीजी मोटर्स, दिपल, ग्लोबल आइएमई बैंक, ओमोडा, टोयोटा, मेगा बिजनेश ग्रुप,  फेसियल हाउसले सपोर्ट गरेका थिए ।

त्यसैगरी, बैंकिङ पार्टनरमा सिटिजन्स बैंक, इन्स्योरेन्स पार्टनर सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको), लिकर पार्टनर नेप्से बुल, बेभरेज पार्टनरमा हिमालयन प्रिमियम बियर, फूड पार्टनर फूडमाण्डू, इन्टरटेनमेन्ट पार्टनर आइएनआइ सिनेमा, ल्युब पार्टनर नेपाल ल्युब आयल, हस्पिटालिटी पार्टनर होटल मोनालिसा (सौराहा) रहेका थिए ।

 


Back_to_top