कम मूल्यमा लेटेस्ट फिचर भएका दुई मोटरसाइकल, तपाईको रोजाई कुन ?

काठमाडौं । समान्यतया ३ लाखभन्दा माथि खर्च गर्दा मात्रै ठिकठाक मोटरसाइकल किन्न पाइन्छ । तर, १२५ सीसी सेग्मेन्टमा सहरी वा तराई क्षेत्रको यात्रा गर्न निकै राम्रो फिचर भएका मोटरसाइकल किन्न पाइन्छ ।

यदि, तपाई पनि यस्तै कम मूल्यमा फिचर लोडेड मोटरसाइकल खोज्दै हुनुहुन्छ भने होन्डा र टीभीएसका दुई उत्पादन तपाईको रोजाईमा पर्न सक्छन् ।

होन्डाको ‘एसपी १२५’ र टीभीएसको ‘रेडर–१२५’ ले नेपाली बजारमा राम्रै प्रतिस्पर्धा गरिरहेका छन् । भारतमा मोटरसाइकल उत्पादन गर्दै आएका दुबै ब्रान्ड लोकप्रिय मानिन्छन् ।

१२५ सिसी सेग्मेन्टको होन्डा साइन स्पोर्टस र टीभीएस राइडरको मूल्य क्रमशः २ लाख ७८ हजार ९ सय रुपैयाँ र २ लाख ६६ हजार ९ सय रुपैयाँ तोकिएको छ । टीभीएसको तुलनामा होन्डा एसपी–साइन १२ हजार रुपैयाँ महंगो छ ।

लगभग समान सीसी क्षमताको इन्जिन भएपनि टीभीएस रेडरले पावरमा होन्डा एसपी साइनलाई जितेको छ । होन्डामा १२३.९४ सीसी सिंगल सिलिन्डर, एयरकुल्ड, फ्युल इन्जेक्टेड इन्जिन छ । उक्त इन्जिनले अधिकतम १०.८७ पीएस पावर प्रदान गर्छ ।

टीभीएसमा १२४.८ सीसी क्षमताको ३ भल्भस सिलिन्डर, आयल कुल्ड, एफआई इन्जिन उपलब्ध छ । उक्त इन्जिनले अधिकतम १२.९ पीएस पावर दिन्छ ।

टर्कको मामलामा एसपी साइनले १०.९ एनएम र रेडरले ११.५ एनएम जेनेरेट गर्छ ।

इन्जिन र पावरको अलावा यी दुई बाइकमा आकर्षक फिचरहरु पाइन्छ । जसमध्ये होन्डामा स्टार्ट–स्टप स्विच, एलइडी हेडल्याम्प पासिङ स्विच र इन्टिग्रेटेड हेडल्याम्प बीम जस्ता फिचर छन् ।

टीभीएसले आफ्नो रेडरमा यूएसबी चार्जर, नेभिगेसन, म्युजिक सिस्टम, नोटिफिकेसन कन्ट्रोल, स्मार्ट कनेक्ट, डे टाइम रनिङ लाइट सहितको एलइडी हेडल्याम्प दिएको छ ।

यदि तपाई स्टाइलिस डिजाइन र मस्कुलिङ रोड प्रेजेन्सको लागि मोटरसाइकल खोज्दै हुनुहुन्छ भने तपाईलाई टीभीएस रेडर-१२५ मन पर्न सक्छ । होइन, तपाई साधारण डिजाइन र किफायती मोटरसाइल खोज्दै हुनुहुन्छ भने तपाईलाई एसपी–१२५ ठिक हुनसक्छ ।


Back_to_top