‘एनएस-४०० जेड’ सार्वजनिक, यस्तो छ मूल्य

काठमाडौैं । भारतीय मोटरसाइकल निर्माता कम्पनी बजाज अटोले पल्सर सिरिज अन्तर्गत नयाँ मोटरसाइकल सार्वजनिक गरेको छ । कम्पनीले भारतमा बजाज पल्सर एनएस ४०० जेड नाम दिएर सार्वजनिक गरेको हो ।

बजाजले डोमिनार ४०० मा रहेकोे इन्जिन नयाँ पल्सर एनएस ४०० जेडमा प्रयोग गरेको छ । कम्पनीले नयाँ मोडल एनएस ४०० जेडको १ लाख ८५ हजार रुपैयाँ (एक्स शोरुम) मूल्य निर्धारण गरेको हो । यो मूल्य भारतमा डोमिनारभन्दा ४६ हजार कम हो ।

युनिक हेड्ल्याम्प, बोल्ड स्टाइल डीआरएल, ट्याकं एक्स्टेन्सन, ग्रायाब ह्यान्डल, स्प्लीट सीट र नयाँ रेडियटरको प्रयोगले मोटरसाइकलको लुक्स निकै आकर्षक देखाएको छ ।

यसमा प्रयोग भएको ३७३ सीसीको सिंगल सिलिन्डर लिक्वीड कुल्ड इन्जिनले अधिकतम ४० बीएच पावर तथा ३५ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स, स्लिप र असिस्ट क्लच उपलब्ध छ ।

बजाज डोमिनारभन्दा १९ किलोग्राम तौल कम रहेको नयाँ एनएस ४०० जेडमा १२ लिटरको फ्युल ट्याङ्क दिइएको छ । एनएस ४०० जेडको टप स्पीड भने १५४ किलोमिटर प्रतिघण्टा रहेको छ ।

कम्पनीले नयाँ मोटरसाइकलमा डिजिटल कन्सोल, कलरफुल एलसीडी डिस्प्ले, ४ राइडिंग मोड, ४३ एमएमको यूएसडी फर्क, प्रिलोड एड्जस्टेवल मोनोशक सस्पेन्सन दिइएको छ ।

त्यसैगरी, फ्रन्टमा ३२० एमएम र रियरमा २३० एमएमको डिस्क ब्रेक दिइएको छ । स्वीचेबल सिस्टमको डबल च्यानल एबीएस, स्वीचेवल ट्रयाक्सन कन्ट्रोल, एग्जस्ट मफ्लर, फुल एलइडी लाइट र डिजिटल इन्स्ट्रुमेन्ट कन्सोलको प्रयोग भएको छ ।

ब्लुटूथ कनेक्टिभिटी सिस्टम, कल एसएमएस अलर्ट र टर्न बाइ टर्न नेभिगेसन जस्ता फिचर रहेको मोटरसाइकलमा दिइएको ब्रेक र क्लचलाई मेनुअल्ली एड्जस्टेबल गर्न सकिन्छ ।


Back_to_top