पीकअप सेग्मेन्टमा कुन ब्राण्ड बलियो ? यस्तो छ एक वर्षको अवस्था

काठमाडौं । दुई वर्ष अघिसम्म पीकअप सेग्मेन्टको बिक्री निकै राम्रो थियो । हरेक कम्पनी पीकअप ल्याएर बजारमा बिक्री गर्न चाहन्थे । आर्थिक मन्दीसँगै अहिले आएर पीकअपको बिक्री नै धारासायी भएको देखिन्छ ।

अंग्रेजी आर्थिक वर्ष २०२३/२४ (१ अप्रिल २०२३ देखि ३१ मार्च २०२४) को एक वर्षको अवधिमा केबल १ हजार ३७७ यूनिट आयात भएको छ । भन्सार तथ्यांक अनुसार एक वर्षको अवधिमा टोयोटाको प्रिमियम पीकअप हाइलक्स ६६ यूनिट आयात भएको देखिन्छ ।

त्यसैगरी फोर्डको रेन्जर र र्याप्टर २१ यूनिट, निसान नाभारा ३९ यूनिट, मित्शुविसी एल-२०० मोडल ३ यूनिट मात्रै आयात भएको छ । प्रिमियम पीकअप एक वर्षको अवधिमा १२९ यूनिट आयात भएको हो ।

चिनियाँ ब्राण्डका प्रिमियम पीकअप पनि एक वर्षको अवधिमा २६ यूनिट आयात भएको देखिन्छ । जसमा सबैभन्दा धेरै फोटोन टुनल्याण्ड १७ यूनिट आयात भएको छ भने जेएसीको पीकअप ४ यूनिट, ग्रेटवाल पावर १ यूनिट, विङगल २ यूनिट, चांगन हन्टर २ यूनिट आयात भएको हो । सबै मिलाएर प्रिमियम पीकअपको आयात १५५ यूनिट भएको देखिन्छ ।

भारतमा उत्पादन भएका पीकअपमा सबैभन्दा धेरै महिन्द्रा बोलेरो क्याम्पर आयात भएको छ । यस अवधिमा ४३४ यूनिट बलेरो क्याम्पर आयात हुँदा टाटा जेनन् र योद्धा गरेर ४२७ यूनिट आयात भएको छ । त्यस्तै बोलेरो एससीएक्सएल १७७ यूनिट आयात भएको हो ।

स्कर्पियो डि/सी पीकअप १११ यूनिट आयात हुँदा इसुजु भी-क्रस ७३ यूनिट आयात भएको छ । समग्रमा भारतमा उत्पादन भएका पीकअप १ हजार २२२ यूनिट आयात भएको हो ।

आयातको आधारमा सबैभन्दा धेरै पीकअप महिन्द्राले आयात गरेको देखिन्छ । कम्पनीले एक वर्षको अवधिमा ७२२ यूनिट पीकअप आयत गरेको हो ।

त्यस्तै दोस्रो धेरै ४२७ यूनिट पीकअप टाटाले आयातगर्दा तेस्रो स्थानमा रहेको इसुजुले केबल ७३ यूनिट, चौथो स्थानमा रहेको टोयोटाले ६६ यूनिट र पाँचौ स्थानमा रहेको निसानले ३९ यूनिट आयात गरेको देखिन्छ ।


Back_to_top