कम मूल्य र अब्बल टेक्नोलोजीको मिश्रण एमजी कोमेट, यी हुन् २४ फिचर

काठमाडौं । भारतीय बजारमा एमजीले कोमेट ईभी सार्वजनिक गरेसँगै यसको चर्चा नेपालमा पनि सुरु भएको छ । विशेषगरी सहरी क्षेत्रको लागि उपयुक्त हुने डिजाइनमा बनेको कोमेट ईभी मूल्यको कारणले पनि चर्चामा रहेको मोडल हो ।

नेपाली बजारमा एमजी-विलिङ-जीएम मोटर्सको संयुक्त लगानीमा उत्पादन भएको एयर मिनी नेपाली बजारमा उपलब्ध रहेको समयमा आएको कोमेट मूल्यको कारण पनि चर्चामा छ ।

बज्र ग्रुपले नेपाली बजारमा उपलब्ध गराएको विलिङ एयर मिनीको स्टायडर्ड भेरियन्टको मूल्य २४ लाख ९९ हजार रुपैयाँ रहेको छ । तर, भारतमा कोमेटको मूल्य ७ लाख ९८ हजार भारतीय रुपैयाँ मात्रै तोकिएपछि यसको मूल्यलाई लिएर थप चर्चा सुरु भएको हो ।

यहि सेग्मेन्टमा थप फिचरसहित सार्वजनिक भएको कोमेट नेपाल आउने हो भने २० लाख हारहारी मात्रै मूल्य कायम हुनेछ । तर, कोमेट नेपाल आउने वा नआउने विषयमा एमजीको आधिकारीक विक्रेता पारामाउन्ट मोटर्सले केही जानकारी दिएको छैन ।

हिजो मात्रै भारतमा बुकिङ सुरु भएको कोमेटलाई आरामदायी बनाउन रिमोर्ट लक, इन्टेलिजेन्ट की, किलेस इन्ट्री, स्मार्ट स्टार्ट सिस्टम, स्टेरिङ टिल्ट सुविधा, अगाडि पावर विन्डो, म्यानुअल एसी र हिटर दिएको छ ।

एमजीले कोमेटलाई प्रविधिमैत्री बनाउन इन्फोटेन्टमेन्ट सिस्टम, डिजिटल क्लष्टर, वायरलेस एन्ड्रोइड अटो र एप्पल कार प्ले, आई–स्मार्ट सहितको ५५ भन्दा धेरै कनेक्ट फिचर, २ स्पीकर१२ भोल्ट पावर सकिट, फास्ट चार्जर सहितको यूएसबी पोर्ट दिएको छ ।

सुरक्षाको लागि पनि सिटी कारमा निकै ध्यान दिइएको छ । कम्पनीले यसमा आईपी६७ रेटेड ब्याट्री, ड्यूल एयरब्याग, इबीडीसहितको एबीएस, रिभर्स पार्किङ क्यामेरा, रियर पार्किङ सेन्सर दिएको छ ।

त्यसैगरी, एलइडी रियर फगल्याम्प, फलो मी हेडल्याम्प, टायर प्रेसर मोनिटर, सिट वेल्ट रिमाइन्डर, म्यानुअल पार्किङ ब्रेक, म्यानुअल डे/नाइट आइआरभीएम, आइएसओ फिक्स चाइल्ड सिट, स्पीड सेन्सीङ अटो डोर लक जस्ता फिचरले यसलाई सुरक्षीत कार बनाएको छ ।

यी हुन् २४ फिचर


Back_to_top