काठमाडौं । मोरिस ग्यारेज (एमजी) मोटर इन्डियाले आफ्नो नयाँ ईभीको नाम सार्वजनिक गरेको छ । कम्पनीले बिहीबार (आज) मिनी स्मार्ट ईभीको नाम कोमेट रहने घोषणा गरेको हो।
कोमेट नाम प्रतिष्ठित १९३४ ब्रिटिश एयर प्लेनबाट लिइएको कम्पनीले जनाएको छ । यो विमानले इङ्ग्ल्याण्डदेखि अष्ट्रेलिया म्याकरोबर्टसन एयर रेसमा भाग लिएको थियो।
शहरी क्षेत्रमा ड्राइभिङ गर्न एक तनावपूर्ण काम बन्दै गएको र यसले थप भिडभाड बनाइरहेको अवस्थामा कोमेटले आकासिँदै गएको इन्धन मूल्य, कम पार्किङका स्थान र बढ्दो प्रदूषणको बीच धेरैलाई राहत दिने कम्पनीको भनाई छ ।
विद्युतीय सवारी साधनले वातावरणीय प्रभाव कम गर्ने, यात्राका लागि आरामदायी र सुविधाले सुसज्जित हुनुसँगै खर्च कटौती गर्न मद्दत गर्नेछ ।
एमजी कोमेट अटोमेटिक, कनेक्टेड, इलेक्ट्रीक र सेयर गर्न सकिने भएको हुँदा यसले सिमलेस मोबिलिटी प्रदान गर्दै आफ्नो लक्ष्य हासिल गर्ने कम्पनीको दाबी छ ।
एमजी मोटर इन्डियाका अध्यक्ष तथा प्रबन्ध निर्देशक राजीव चाबाले सहरी गतिशीलता एक विन्दुमा रहेको र यस्तोमा न्यु एज सोलुसनले वर्तमानसँगै अब आउने दिनका चुनौतीलाई सम्बोधन गर्नुपर्ने बताए ।
उनले विश्व डिजिटल युगमा प्रवेश गरेको र आउँदा दिनमा नयाँ प्रविधि र इनोभेसन धेरै सङ्ख्यामा देख्न सकिने बताउँदै कम्पनीले एमजीको कोमेट मार्फत सबैका लागि सहज र राम्रो भविष्य बनाउन तर्फ चाहेको बताएका छन्।
हाल एमजी मोटर इन्डियाको पोर्टफोलियोमा १९३० को दशकको उत्तरार्धमा निर्माण गरिएको दोस्रो विश्वयुद्ध फाइटर ब्रिटिश बाईप्लेनको नाममा नामकरण गरिएको हेक्टर जस्ता सवारी साधनहरू समावेश छन्।
यसमा ग्लोस्टरको नाम प्रोटोटाइप जेट इन्जिन विमानको नामबाट राखिएको थियो । यो विमान बेलायतमा बनेको थियो भने पहिलो पटक १९४१ मा उडान भरेको थियो।

