१५० किलोमिटर रेन्ज दिने इलेक्ट्रीक कार ल्याउँदै एमजी

काठमाडौं । एमजी इन्डियाले भारत कै सबैभन्दा कम मूल्यको इभी ल्याउने भएको छ । कम्पनीले सानो ब्याट्री र सहर केन्द्रीत कार ल्याउन लागेको हो ।

एमजीले सानो सहर केन्द्रीत इलेक्ट्रीक कार भारतमा उत्पादनको काम अगाडि बढिरहेको विभिन्न रिपोर्टहरु बाहिर आएका छन् । कम्पनीले यो सानो कारको ‘ई२३०’ नाम दिएर उत्पादनको काम गरिरहेको हो ।

निकै कम्प्याक्ट साइजमा आउने नयाँ कारमा ४ जना मानिसले सहजै यात्रा गर्न सक्ने जनाइएको छ । ‘ई२३०’ मा २० किलोवाट आवरको ब्याट्री, ३० किलोवाटको मोटर रहने अनुमान गरिएको छ । एमजीको सानो कारले एक पटकको फुल चार्जमा १५० किलोमिटर रेन्ज दिने अनुमान गरिएको छ ।

एमजीले भारतीय बजारमा छोटो समयमा नै १ लाख यूनिट कार विक्री आँकडा पुरा गर्न सफल भएको कारण कम्पनी निकै उत्साहित भएको छ । सन् २०१९ बाट भारतमा गाडी उत्पादन थालेको एमजीले हेक्टर, ग्लस्टर, एस्टर, जेडएस इभी जस्ता मोडल विक्री वितरण गर्दै आएको छ ।

अहिले भारतमा उत्पादन भएका एमजीका कार नेपाल पनि आउन थालेको छ । त्यसैले भारतमा बन्ने सहर केन्द्रीत इलेक्ट्रीक कार नेपाल पनि आउने अनुमान गर्न सकिन्छ । एमजीले सन् २०२३ मा यसलाई बजारमा ल्याउने छ ।


Back_to_top