आइएमई मोटर्सले पायो ‘हाइएस्ट बिजनेश ग्रोथ’ अवार्ड

काठमाडौं । अशोक लेलैन्डको आधिकारीक विक्रेता आइएमई मोटर्सले ‘हाइएस्ट बिजनेश ग्रोथ’ अवार्ड पाएको छ ।

अशोक लेलैन्डको शुक्रबारदेखि चलिरहेको ग्लोबल डिलर्स कन्फ्रैन्समा नेपालमा निकै राम्रो बजार बिस्तार गर्न सफल भएको भन्दै आइएमई मोटर्सलाई उक्त अवार्ड दिइएको हो ।

आइएमई मोटर्सका अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त अवार्ड थापेका हुन् । पछिल्लो समय आइएमई मोटर्सले कमर्शियल गाडीको विक्रीमा निकै राम्रो सफलता पाइरहेको छ । नेपालको अधिकांश क्षेत्रमा सेल्स, सर्भिस र स्पेयरपार्टस् उपलब्ध गराएको कम्पनीले बस, ट्रक, टिप्पर र लाइट कमर्शियल गाडीहरु विक्री वितरण गर्दै आएको छ ।


Back_to_top