काठमाडौं । फ्रेन्च अटोमोवाइल कम्पनी रेनोले ‘चेन्ज नाउ २०२२ समिट’मा नयाँ सिनिक भिजन कन्सेप्ट सार्वजनिक गरेको छ । हाइड्रोजन फिउलसेलमा इलेक्ट्रीक मोटर सहितको हाइब्रिड सिस्टममा संचालन हुने यो कारको कन्सेप्ट छिटो चार्ज गर्न सकिने किसिमको छ ।
रेनोले सिनिक कन्सेप्टमा ४० किलोवाट आवरको ब्याट्री प्याकको साथै २१५ हर्स पावरको मोटर दिएको छ । कम्पनीले यसमा १६ किलोवाटको हाइड्रोजन फिउल सेल मोटर दिएको छ । यसले २१ हर्स पावर प्रदान गर्छ । यी दुबैको संयुक्त पावर २३६ हर्स पावर रहेको छ ।
कम्पनीको दावीलाई मान्ने हो भने सिनिक भिजन कन्सेप्ट तयार भएसँगै अहिले चल्तीमा रहेका रेगुलर इभीको तुलनामा ७५ प्रतिशत कम कार्वन उत्सर्जन गर्छ । साथै, अहिलेका इभीको तुलनामा नयाँ कन्सेप्टमा प्रयोग हुने ब्याट्रीको तौल पनि आधा कम हुनेछ । तर, अन्य इलेक्ट्रीक कारको तुलनामा यसको रेन्ज भने ज्यादा हुनेछ ।

रेनोका अनुसार सिनिक भिजनले एक पटकको फुल चार्जमा ८०० किलोमिटर रेन्ज प्रदान गर्छ । साथै, यसमा हाइड्रोजन लोड गर्न केबल ५ मिनेट मात्रै लाग्ने छ । यो कन्सेप्टको लम्बाई ४४९० एमएम, चौडाई १९०० एमएम, उचाई १५९० एमएम तथा ह्वीलवेस २८३५ एमएम रहनेछ ।
यो कन्सेप्टमा ७० प्रतिशत मेटेरियल लो-कार्वन पोलीस्टर प्रयोग हुनेछ । यसको अपहोस्ट्रेमा युनिक सेफ्टी कोचको दिइने छ, जसले यात्रुको हेल्थ समेत मोनिटर गर्छ ।

