सस्तो एसयूभी बनाउँदै एमजी, अक्टोबरसम्म बजारमा आउने

काठमाडौं । एमजी इन्डियाले नयाँ एसयूभी बजारमा ल्याउने तयारी तिब्र बनाएको छ । कम्पनीले ल्याउने नयाँ एसयूभी जेडएस ईभीभन्दा कम मूल्यको हुनेछ ।

एमजी मोटर इन्डियाका प्रबन्ध निर्देशक राजिव छावाका अनुसार नयाँ जेएसडब्लू (जिन्दाल समूह) ग्रुप र एसएआइसी ग्रुप बीच भएको सहकार्यपछि बजारमा नयाँ एसयूभी आउन लागेको हो । नयाँ आउने एसयूभीले भारतमा एमजीको बिक्री २५ प्रतिशतले बढाउने उनको दावी छ ।

भारतमा उत्पादन गर्न लागिएको नयाँ एसयूभी एसएआईसी, अमेरिकी जनरल मोटर्स र चीनकै विलिङ मिलेर बनाएको बाओजुन ब्राण्डको ‘एप’ मोडलमा आधारित हुनेछ । एमजी इन्डियाले यसअघि पनि चीनको विलिङ ईभीलाई कोमेट नाम दिएर भारत उत्पादन गरिसकेको छ ।

चीनमा बाहोजुन एप मोडल ३ वटा मात्रै ढोकाको साथ उपलब्ध छ । तर, भारतमा बन्ने यही माइक्रो एसयूभीमा भने ५ ढोक हुनेछ । भारतमा उत्पादन हुने मोडल चीनको भन्दा ठूलो हुनेछ । यसको टेक्नीकल डिटेल भने अहिलेसम्म बाहिर आएको छैन ।

भारतमा उत्पादन भएको कोमेट तत्कालै नेपाल ल्याएको एमजीले नयाँ एसयूभी पनि नेपाली बजारमा ल्याउने अनुमान गर्न सकिन्छ ।


Back_to_top