काठमाडौं । ब्रिटिस अटोमोवाइल ब्राण्ड एमजी (मोरिस ग्यारेज) को लाइफ स्टाइल पिकअप यू–९ राइट ह्याण्ड ड्राइभमा तयार भएको छ । लाइफ स्टाइल पिकअप सेग्मेनटमा तयार भएको एमजी यू–९ अष्ट्रेलियामा छिटै बिक्री सुरु हुने भएको हो ।
एमजीले गत शुक्रबार यू–९ पिकअप अष्ट्रेलियाको मेल्वर्न मोटर शोमा देखाएको थियो । साइजमा फोर्डको रेन्जरभन्दा ठूलो यू–९ मा २.५ लिटरको टर्बो डिजेल इन्जिन दिइएको छ । उक्त पिकअपमा ८ स्पीडको अटोमेटीक गियरबक्स र फोर ह्वील ड्राइभ फिचर रहेको छ ।
अहिले डिजेल इन्जिनमा मात्र उपलब्ध एमजी यू–९ निकट भविष्यमा हाइब्रिड पावरट्रेनमा समेत आउने बताइएको छ ।
एमजी यू–९को लम्बाइ ५५०० एमएम, चौडाइ १९९७ एमएम, उचाइ १८६० एमएम छ । यसमा ३३०० एमएम लामो ह्वीलवेस र २२० एमएम अग्लो ग्राउण्ड क्लियरेन्स पाउन सकिन्छ । २० इन्चको ह्वील रहेको यो डलब क्याब पिकअपको पेलोड ११०० केजीको रहेको छ ।
टु स्पोक स्टेरिङ ह्वील, एड्भानस कनेक्टीभिटी सहितको ड्यूल डिजिटल डिस्प्ले, रगेड डिजाइनको गियर लिभर, जेबीएलको प्रिमियम साउण्ड सिस्टम तथा पावर्ड एण्ड मसाज फ्रन्टसिट क्याविनमा पाउन सकिन्छ । यसमा ३६० डिग्री क्यामेरा सहितको एड्भान्स ड्राइभ असिस्ट टेक्नलोजी दिइएको छ ।
नेपाली बजारमा पनि एमजीको गाडीहरु राम्रो संख्यामा बिक्री हुँदै आएको छ । विशेषत इलेक्ट्रीक भेहिकलमा एमजी नेपालमा पायोनियर नै हो ।
एमजीको ब्राण्डमा ग्लोबल डेब्यू भएको यू९ पिकअप नेपाल आउने वा नआउने कम्पनीले कुनै जानकारी दिएको छैन ।