काठमाडौं । विद्युतीय कारले कुनै किसिमको हलचल पैदा गर्न नसकेको भारतीय बजारमा एमजी विन्डसरले रेकर्ड बुकिङ पाएको छ । कम्पनीले अक्टोबर ३ मा कुकिङ खुला गरेको थियो । पहिलो दिन नै १५ हजार १७६ यूनिट विन्डसर ईभी बुकिङ भएको एमजी इन्डियाले जनाएको छ ।
भारतमा कुनै पनि विद्युतीय कारले २४ घन्टा भित्र पाएको यो रेकर्ड बुकिङ भएको मिडियाहरुले उल्लेख गरेका छन् । कम्पनीले अक्टोबर १२ तारिखबाट यसको डेलिभरी भारतमा सुरु गर्दैछ ।
भारतमा बिक्री सुरु भएको केही दिनपछि नेपालमा बुकिङ खोल्ने तयारी भइरहेको विन्डर क्रसओभर यूटिलीटी भेहिकल हो । एमजी इन्डियाका अनुसार बुकिङकर्ता ११ हजार रुपैयाँ तिरेर गाडी बुकिङ गरेका हुन् ।
एमजीले विन्डसरको डिजाइनलाई ‘एरोग्लाइड डिजाइन’ भनेको छ । यसमा ठूला एसयूभीको जस्तै १८ इन्चको डायमण्ड कट अलोय ह्वील दिएको छ । स्मार्ट फ्लस डोर ह्याण्डल र इलुमुनेटेड एमजीको लोगो प्रयोग गरिएको छ ।
यसको अगाडिको डिजाइन पृथक छ । ठूलो भिजन रुफ, ढोकाहरूमा प्रयोग भएको क्रोम फिनिसिङ, प्रोजेक्टर एलईडी हेडल्याम्प र पछाडि स्मार्टफलो एलईडी टेल ल्याम्प दिइएको छ ।
विन्डसरमा १०० किलोवाट आवरको मोटर दिइएको छ । साथै, कम्पनीले यसमा ३८ किलोवाट आवरको ब्याट्री दिएको छ । यसमा पीकटर्क २०० एनएम पाउन सकिन्छ भने ब्याट्रीले सिंगल चार्जमा ३३२ किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ ।
सीसीएस-२ चार्जिङ पोर्ट उपलब्ध कारमा १८६ एमएम अग्लो ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ ।
यसको लम्बाई ४२९५ एमएम, चौडाई २१२६ एमएम र उचाई १६७७ एमएम छ । यसको चौडाई कम्प्याक्ट एसयूभीहरू भन्दा पनि ठूलो छ । त्यसैले यसको क्याबिनमा प्रसस्त ठाँउ उपलब्ध छ ।
सिल प्लाष्टिकको प्रयोगबाट बनेको ड्यासबोर्ड, स्पेयर टायर, पछाडि बस्नेलाई पनि इन्टरटेन्टमेन्ट युनिट, ड्यासबोर्ड अर्गनाइजर, ८.८ इन्चको इन्स्ट्रुमेन्ट क्लष्टर, १५.६ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, वायरलेस चार्जर पाउन सकिन्छ । यसका अलावा ९ वटा स्पीकर, आफ्नो सहजता अनुसार ६०ः४० मा ढल्काउन मिल्ने सिट दिइएको छ ।
नाइट ब्ल्याक कलरमा यसको इन्टेरियर उपलब्ध छ । टप भेरियन्टमा गोल्ड इन्टेरियर पाउन सकिन्छ । लेदर सिट, एम्बियन्ट लाइट, एलईडी ल्याम्प र पीएम २.५ फिल्टर उपलब्ध छ ।
सुरक्षाको लागि विन्डसर ईभीमा ६ वटा एयरब्याग, इलेक्ट्रोनिक्स स्टेबिलिटी प्रोग्राम, हिल स्टार्ट एसिस्ट र हिल डिसेन्ट कन्ट्रोल छ । ३६० डिग्री क्यामेरा, रियर पार्किङ क्यामेर र सेन्सर दिइएको छ । साथै, चारवटै चक्कामा डिस्क ब्रेक, अटो होल्डदेखि इलेक्ट्रीक पार्किङ ब्रेकसम्म पाउन सकिन्छ ।