इलेक्ट्रीक मिनी कारको चर्चा चुलिदै

काठमाडौं । विश्व प्रसिद्ध कार निर्माता कम्पनी मिनी कुपरको इलेक्ट्रीक कार कुपर ‘एसई’को चर्चा अहिले संसारभर भइरहेको छ । बेलायती लग्जरी कार निर्माता कम्पनी मिनी कुपरको पहिलो इलेक्ट्रीक कार भएकोले पनि यसको चर्चा बढ्दै गएको हो ।

बीएमडब्लू ग्रुपको स्वामित्वमा रहेको यो ब्राण्डले सहरी क्षेत्रलाई केन्द्रमा राखेर ल्याएको कुपर इलेक्ट्रीक एसई इन्टरनल कम्बस्चन इन्जिनको इलेक्ट्रीक भर्सन हो । यो निकै लग्जरी सेग्मेन्टमा तयार भएको कार हो । यसमा कम्पनीले केबल ३२.६ किलोवाट आवरको लिथियम आयोन व्याट्री प्याक दिएको छ । साथै, यसमा १३५ किलोवाट क्षमताको मोटर पाउन सकिन्छ ।

यसमा रहेको व्याट्रीले एक पटकको फुल चार्जमा २७० किलोमिटर रेञ्ज प्रदान गर्छ । यसको टप स्पीड क्षमता भने १८३ किलोमिटर प्रतिघन्टा रहेको छ । अगाडि दुई र पछाडि बुट स्पेशमा एक गरी तीन ढोका भएको यो गाडी आधुनिक सुरक्षा फिचरले सुसज्जित गरेको छ ।

लो लेभलमा पनि उत्कृष्ट रिजेनेरेशन सिस्टम दिइएको एसई इलेक्ट्रीकमा उत्कृष्ट क्याविन, ५.५ इन्चको डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, तीन लेभलको चार्जिङ सर्पोट, क्याविनमा सबै किसिमका प्रिमियम फिचर उपलब्ध रहेको छ । यसको मूल्य करिब ४१ हजार डलर रहेको छ ।


Back_to_top