मोदीको स्वागतमा सडकदेखि रुखसम्म पखाल्दै महानगर (भिडियोसहित)

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आजदेखि दुई दिने भ्रमणका लागि नेपाल आउँदैछन् । केही समयपछि मोदी पटनाबाट सिधै जनकपुर आउने कार्यक्रम रहेको छ । 

यतिवेला काठमाडौंमा मोदी हिड्ने बाटो र बस्ने होटल वरपर सरसफाई अभियान नै चलेको छ । जनकपुरमा त मधेशीदलका नेताहरु आफै झाडु लिएर सडकमा निस्केका थिए । 

सधै फाहोर हुने भनेर आरोप खेपेको जनकपुर यतिवेला झिलिमिलि भएको छ । त्यस्तैगरी काठमार्डौमा पनि रातारात सडक कालोपत्रे गर्ने देखी सरसफाई अभियानसमेत चलाईएको छ । 

भारतीय प्रधानमन्त्रीले नेपालका नेतहरुको भेटघाट बुटिक होटल द्वारिकाज्मा गर्दै छन् । त्यही भएर यतिवेला उक्त होटल वरपरको सडक र रुखसमेत सफाई गरिदैं छ । 

दुईवर्ष देखि धुलोले हिड्नसमेत नसक्ने अवस्था मोदी आउने भनिएको यसैसता भित्र सडक कालोपत्रे गर्नेदेखी सडकको लेन छुट्याउने समेत काम भइसकेको छ । भने सडक चिल्लो भएको छ । मोदी भोली शनिवार औपचारीक कार्यक्रम सकेर स्वदेश फर्कने कार्यक्रम रहेको छ । 


Back_to_top