सरकारी नीति नियम र योजनाहरु सहजै कार्यान्वयन लैजान सकिने चीन जस्तो देशका अलावा अन्य देशलाई ‘इलेक्ट्रीक भेकल’ (इभी) एउटा बिनाशकारी अन्त्य तर्फ उन्मुख भइरहेको आभाष हुन्छ ।
कार कम्पनीहरु उल्लेख्य लगानी मार्फत इभी प्रति आफ्नो प्रतिबद्धता ब्यक्त गरिरहेका छन् । उनीहरु अन्धधुन्ध अस्तित्व मै नभएका ग्राहकहरुका लागि उत्पादन बढाइरहेका छन् ।
आगामी बर्षहरुमा इभीहरुको बिक्री बढ्यो भने पनि बिश्व अटो क्षेत्रमा निकै रोचक परिदृश्य देखिन्छ । र, अन्य देशका कम्पनीहरुले खेलिरहेका इभी बनाउने खतरनाक खेलले आफ्नो नतिजा देखाउन थाल्नेछ ।
प्ररिणाम स्वरुप रुची नै नभएका ग्राहकहरुलाई दर्जनौं इभीहरु बजारमा उपलब्ध हुन थालेका छन् । पेट्रोलियम पदार्थले आकाश नछोएसम्म उनीहरुको इभी किन्ने कुनै इच्छा नै देखिंदैंन ।
बिजुलीकरणका लागि भएका यी सबै लगानीका बाबजुद कार मुल्य भने परम्परागत आन्तरिक ‘कम्बसन इन्जिन’ गाडी कै हाराहारी देखिन्छ ।
बास्तवमा विश्व अटो क्षेत्रमा नरुचाइएका र अनावश्यक इभीहरु थुप्रने तथा पुँजी लगानीको अभावले गर्दा मात्र परम्परागत गाडीहरुको मागमा गिरावट आउने खतरा देखिन्छ ।
इभी नबनाउने गाडी कम्पनीहरुको परम्परागत प्रतिस्पर्धात्मकता कारण बिना नै ब्यवसायमा ठूलो गिरावट आउन सक्छ ।
अब अटो कम्पनीहरुले आफ्ना साधनस्रोत आगामी एक-दुई दशकमा कसरी ब्यवस्थापन गर्छन भन्ने कुरा निकै रोचक हुनेवाला छ ।
इभी बनाउन प्रतिबद्ध कम्पनीहरु ‘फिउल सेल्स’ जस्ता प्रभावकारी प्रबिधि भन्दा ब्याट्रिको प्रयोग गर्न तल्लीन देखिन्छन् ।
अझ स्वचालित गाडीहरुको बिकास र परिक्षणका लागि लाग्ने ठूलो लगानी पनि जोड्ने हो भने त झन् यी कम्पनीका साधन स्रोत चाँडै नै निकै सिमित हुन्छन् ।
हालसालै बेजिङमा भएको अटो शो लगायत बिश्वका सबै अटो शोहरुमा उत्पादकहरुले बढि भन्दा बढि इभीहरुको प्रर्दशनी गरेका छन् । अवश्य पनि चीन इभीहरुको उत्पादन र आपूर्तीमा अन्य देश भन्दा निकै अगाडी रहने छ ।
त्यसैले, यदि आगामी बर्षहरुमा इभीहरुको बिक्री बढ्यो भने पनि बिश्व अटो क्षेत्रमा निकै रोचक परिदृश्य देखिन्छ । र, अन्य देशका कम्पनीहरुले खेलिरहेका इभी बनाउने खतरनाक खेलले आफ्नो नतिजा देखाउन थाल्नेछ ।