कन्जुमर रिपोट भन्छ, ‘पेट्रोलभन्दा ईभीमा धेरै समस्या’

काठमाडौं ।विद्युतीय सवारी साधनमा (ईभी)मा पेट्रोल कारको तुलनामा निकै धेरै समस्या हुने देखिएको छ । इन्भेष्टिगेटिभ जर्नालिजम् अर्गनाइजेसनले सार्वजनिक गरेको ‘कन्जुमर रिपोर्टस्’का अनुसार ईभीमा पेट्रोल कारको तुलनामा ८० प्रतिशत बढी समस्या भएको पाइएको हो ।

अर्गनाइजेशनले सन् २००० देखि २०२३ सम्म अमेरिकामा उत्पादन र बिक्री भएका ३ लाख ३० हजारभन्दा धेरै कारधनीको अनुभवलाई समेटेर रिपोट सार्वजनिक गरेको जनाएको छ ।

उसोत अमेरिका विद्युतीय कारको विषयमा कहिल्यै सकारात्मक छैन । तर, विश्वका सबै अटोमोबाइल कम्पनीहरू ईभी उत्पादनको दौडमा आफूलाई अब्बल देखाउन लागि परेका छन् । सामान्यतया विद्युतीय गाडीमा धेरै कम्पोनेन्ट नहुने भएकाले मर्मत खर्च निकै कम आउने बुझाइ छ ।

इलेक्ट्रीक भेहिकल वातावरण अनुकूल हुने भएकाले यसलाई भविष्यको सवारीको रूपमा हेरिएको छ ।

कुन ठाँउमा धेरै समस्या ?

ईभीको सबैभन्दा ठूलो समस्या यसको चार्जिङ सिस्टमसँग जोडिएको छ । त्यस्तै कतिपय गाडीहरूमा बडी प्यानल राम्रोसँग फिट नभएको र इन्टेरियरमा प्रयोग भएका पार्टस कमजोर हुने गरेको चालकहरूले बताएका छन् ।

कन्जुमर रिपोट कार टेस्टिङ विभागका प्रमुख जैक फिशरका अनुसार यस्ता किसिमका समस्या नयाँ टेक्नोलोजीसँग आउने गर्छ । कार निर्माताहरूले यस्ता समस्या क्रमिक रूपमा समाधान गर्दै जानेछन् ।

प्लगइन हाइब्रिडको अवस्था अझै खराब

कन्जुमर रिपोटका अनुसार ईभीमा भन्दा प्लगइन हाइब्रिडमा अझ धेरै समस्या देखिएका छन् । प्लगइन हाइब्रिड ईभीमा पेट्रोल इन्जिनसँगै इलेक्ट्रीक मोटर पनि हुने भएकाले प्राविधिक समस्या ईभीकोभन्दा अझ धेरै हुन्छ । प्लगइन कार बीएमडब्लू एक्स फाइभ र फोर्ड स्केप जस्ता मोडलहरूमा २० भन्दा धेरै समूहमा समस्या देखिएको थियो ।

हाइब्रिड कारमा धेरै भरोशा

उक्त रिपोटका अनुसार टोयोटा प्रियस जस्तो परम्परागत हाइब्रिड कारमा सबैभन्दा धेरै भरोसा रहेको पाइएको छ । हाइब्रिड भेहिकलमा पेट्रोलभन्दा पनि २५ प्रतिशत कम समस्या देखिएको हो । यसको प्रमुख कारण धेरै वर्षदेखि विकास भइरहेको प्रविधि र अटोमोबाइल कम्पनीको अनुभव मुख्य कारण रहेको रिपोटमा उल्लेख छ ।


Back_to_top